• १३ असोज २०८१, आइतबार

एसबीआई र हेफरबीच सम्झौता

blog

काठमाडौँ, साउन ८ गते । नेपाल एसबीआई बैङ्क र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको बैङ्कले जनाएको छ । 

कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रमा बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृङ्खलामा संलग्न महिला उद्यमी तथा साना किसानलाई सहज ढङ्गले वित्तीय कर्जा उपलब्ध गराउन बैङ्क र हेफर इन्टरनेसनल नेपालबीच उक्त सम्झौता भएको जनाइएको छ । यस साझेदारी को मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने बैङ्कले जनाएको छ ।