• ५ असोज २०८१, शनिबार

म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्लाबीचको खेल बराबर

blog

पथ (अस्ट्रेलिया), साउन ८ गते । इङ्ग्लिस प्रिमयर लिगका दुई क्लब म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्लाबीच शनिबार भएको खेल २–२ ले बराबरीमा सकिएको छ। यस नतिजासँगै प्रिसिजनमा म्यान्चेस्टर युनाइटेडको विजयी यात्रा रोकिएको छ ।

इरिक टेन हागको प्रशिक्षकत्वमा रहेको म्यान्चेस्टर युनाइटेडले दुई गोलको अग्रता खेर फालेको हो। एस्टन भिल्लाका कालम च्याम्बर्सले अन्तिम मिनेटमा हेड गोल गरी म्यान्चेस्टर युनाइटेडलाई हिस्स बनाउनुभयो। यसअघि म्यान्चेस्टर युनाइटेडका लागि याडन सान्चोले २५औँ मिनेटमा गोल गर्नुभएको थियो। सान्चोको प्रिसिजनमा यो तेस्रो गोल हो। पूर्वाद्र्धको खेल सकिनै लाग्दा म्याटी क्यासको आत्मघाती गोलबाट म्यान्चेस्टर युनाइटेड दुई गोलले अगाडि भयो। यद्यपि खेल मध्यान्तरमा जानुअघि नै एस्टन भिल्लाका लियोन बेलीले एक गोल फर्काउनुभएको थियो । म्यान्चेस्टर युनाइटेड आजको खेल पूरै नियन्त्रणमा राखेर पनि खेल जित्न असफल भएको हो।

प्रिसिजनअन्तर्गत म्यान्चेस्टर युनाइटेडले अर्को शनिबार ओस्लोमा एट्लेटिको म्याड्रिडविरुद्ध खेल्नेछ। एजेन्सी