• १३ असोज २०८१, आइतबार

भारतको वेस्ट इन्डिजविरुद्ध लगातार छैटौँ जित

blog

पोर्ट अफ स्पेन (त्रिनडाड), साउन ८ गते । भारतले शनिबार पहिलो एकदिवसीय खेलमा घरेलु टिम वेस्ट इन्डिजविरुद्ध रोमाञ्चक तीन रनको जित हात पारेको छ।

क्विन्स पार्क ओभलमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा ३०८ रनको विशाल स्कोर तयार पारेको थियो। वेस्ट इन्डिजले जवाफमा छ विकेटको क्षतिमा ३०५ रन बनायो। भारतको वेस्ट इन्डिजमाथि यो लगातार छैटौँ जित हो। सन् २०१८ पछि वेस्ट इन्डिजले भारतलाई एकदिवसीय क्रिकेटमा हराउन सकेको छैन।

वेस्ट इन्डिजलाई घरेलु दर्शकबीच खेल जित्नका लागि अन्तिम ओभरमा १५ रन आवश्यक थियो तर मोहम्मद सिरजाले केही योर्कर बल फालेपछि रोमेरयो सेफर्ड र अकिल हुसेनले मिलेर अन्तिम ओभरमा ११ रन मात्र बनाउन सके।

गत हप्ता इङ्ग्ल्यान्डविरुद्धको एकदिवसीय शृङ्खला जितेर भारत वेस्ट इन्डिज पुगेको हो । वेस्ट इन्डिज भने घरेलु मदानमा भ्रमणकारी बङ्गलादेशसँग नराम्रोसँग एकदिवसीय शृङ्खला हारेर भारतविरुद्ध खेल्दै छ। आजको खेलमा दुवै टिमले ब्याटिङमा राम्रो सुरुवात र अन्त्य सुस्त तरिकाले गरे। लक्ष्य पछ्याउने क्रममा काइल मेयर्स र शेमराज बु्रक्सले दोस्रो विकेटका लाग ११७ रनको साझेदारी निर्वाह गरेपछि वेस्ट इन्डिजले खेल जित्न राम्रो आधार पाएको थियो। मेयर्स ६८ बलम ७५ र बु्रक्स ४६ रन बनाएर आउट हुनुभयो। त्यसपछि ब्रान्डन किङले ५४, शेफर्डले २५ बलमा अविजित ३८ र हुसनेले अविजित ३२ रन बनाएर वेस्ट इन्डिजलाई जितको नजिक पु-याउनुभएको थियो तर लेग स्पिनर यजुवेन्दर चहल र मोहम्मद सिराजले दुई–दुई विकेट लिएर वेस्ट इन्डिजलाई रोक्नुभयो।

यसअघि कप्तान शिखर धवन र शुभमन गिलले पहिलो विकेटका लागि ११९ रन जोडर भारतलाई राम्रो सुरुवात दिलाउनुभएको थियो। धवनले ९९ बलमा दस चौका र तीन छक्कासहित ९७ र गिलले ५३ बलमा ६४ रन बनाउनुभयो। तेस्रो क्रमका ब्याट्सम्यान श्रेयस एयरले पनि अर्धशतकीय पालि खेल्नुभयो। 

सुरुका तीन ब्याट्सम्यानको अर्धशतकपछि राम्रो आधार पाए पनि भारतले अन्तिम १५ ओभरमा ८३ रन मात्र बनाउन सक्यो।

इङ्ग्ल्यान्ड विजयी

म्यान्चेस्टर । वर्षाले अवरोध पारेको दोस्रो एकदिवसीय खेलमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकालाई ११८ रनले सजिलै हराएको छ । शुक्रबार राति पानी परेपछि दुवै पालि २९ ओभरमा कटौती गरिएको थियो । इङ्ग्ल्यान्डले पहिले ब्याटिङ २०१ रनमा अलआउट भयो। त्यसपछि इङ्ग्ल्यान्डले शानदार बलिङमार्फत भ्रमणकारी टिम दक्षिण अफ्रिकालाई २०.४ ओभरमा ८३ रनमै अलआउट ग-यो। दक्षिण अफ्रिकाले जवाफमा छ रनमै चार विकेट गुमाइसकेको थियो। स्पिनरद्वय आदिल रसिदले तीन तथा मोइन अलीले दुई विकेट लिनुभयो। दक्षिण अफ्रिकाका लाग हेन्रिच क्लासेनले सर्वाधिक ३३ रन बनाउनुभयो। यसअघि इङ्ग्ल्यान्डका लागि लियाम लिभिङस्टोनल (२६ बलमा ३८ रन) रसाम करन (१८ बलमा ३५ रन)ले महŒवपूर्ण पालि खेल्नुभएको थियो। ड्वाइन प्रिस्टोरियसले चार विकेट लिएपछि इङ्ग्ल्यान्डको ब्याटिङ पनि जम्न सकेको थिएन। पहिलो एकदिवसीय दक्षिण अफ्रिकाले जितेको थियो। त्यसैले आइतबार हुने खेल निर्णायक बन्ने भएको छ। एपी