• २८ पुस २०८१, आइतबार

बाढी जोखिममा नाग्म बजार

blog

कालीकोट समाचारदाता

कालीकोट, साउन ८ गते ।  मुगु कर्णाली र जुम्ला कर्णालीको दोभानस्थित कालीकोटको नाग्म बजार बाढीको उच्च जोखिममा परेको छ । बजारसँगै धार्मिकस्थल कृष्ण मन्दिरसमेत जोखिममा परेको छ । 

कर्णालीको माथिल्लो हिमाली क्षेत्रमा अत्यधिक वर्षा भएकाले कर्णालीमा बाढी आएको हुँदा दोभानमा डुबान र बाढीको जोखिम बढेको हो । जुम्ला कर्णालीभन्दा मुगु कर्णालीमा पानीको बहाव निकै बढेको छ । कर्णाली प्रदेशको माथिल्लो हिमाली भेगमा अत्यधिक वर्षा भएको बताइएको छ ।

अहिले तिला कर्णाली र मुगु कर्णालीमा पानीको सतह निकै बढेको छ । दुई दिनयता कालीकोट र जुम्ला जिल्लामा हल्का पानी परेको छ । नदीको छेउबाटै घरका जग खनिएको र नदीले घरका पिलरमा धक्का दिएको हुनाले नदी किनारका घर बगाउने जोखिम बढेको स्थानीय मायाप्रसाद महताराले बताउनुभयो ।