• १४ असार २०८१, शुक्रबार

प्रतिनिधिसभामा बैठक जारी

blog

फाइल तस्बिर

काठमाडौं, साउन ६ गते । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत हुँदैछ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा नागरिकता विधेयकमाथि छलफल र पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सरकारले पशे गरेको ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’ छलफलमा हुने र  आजै विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची  छ ।