• २८ पुस २०८१, आइतबार

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौँडामा शुरु

blog

प्रधानमन्त्री शेरबहादुर देउवालगायत उदघाटन सत्रमा । तस्वीर : ललिता साह

ललिता साह 

हेटौंडा, साउन ६ गते । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन बाग्मती प्रदेशको हेटौंडामा आजबाट सुरु भएको छ ।

महाधिवेशनको उदघाटन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको हकहित, व्यावसायिक विकास, पेशागत सुरक्षाको सवालमा सरकार पछि नहट्ने बताउनुभएको छ ।

शुक्रवार र शनिबार दुई दिनसम्म चल्ने कार्यक्रमलाई सम्बोधन गर्दै सूचना प्रविधि तथा मन्त्री ज्ञानेन्द्र कार्कीले सरकार र  कांग्रेस पार्टीले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै नेपालको पत्रकारितालाई दक्षिण एसियाकै उत्कृष्ट बनाउने बताउनुभयो ।

उहाँले प्रेस स्वतन्त्रताको रक्षामा प्रेस युनियन समर्पित रहेको चर्चा गर्नुभयो । नेपाल श्रीलंका जस्तै बन्ने भ्रमपूर्ण कुरा फैलाएकाेमा त्त्याे सत्य भएको स्पष्ट पार्दै सञ्चारमन्त्री कार्कीले नेपालको अर्थतन्त्रमा केही जटिलताहरु देखिए पनि त्यो चाँडै सुधार हुनेमा सबैलाई विश्वस्त हुन आग्रह गर्नुभयाे  ।

प्रेस युनियनको साल २०४८ मा स्थापना भए यता आम नेपाली पत्रकारको क्षेत्रमा गरेका कामहरू, अघिल्ला कालखण्डमा लोकतन्त्रप्रति देखाइएका आस्थापूर्ण प्रमाणहरू अतुलनीय रहेको भन्दै वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । 

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा शुरु भएको महाधिवेशनको उदघाटन सत्रमा संस्थाको मुखपत्र युनियन पत्रिकाको विमोचन गरिएको छ । नयाँ अध्यक्ष पदका लागि अनिता बिन्दु र शिव लम्साललगायत चुनावी मैदानमा प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल प्रेस युनियनको संशोधित विधान अनुसार नयाँ कार्यसमितिका लागि पदाधिकारीसहित एक सय चार सदस्यका लागि निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।