नेकपा (एमाले) की सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ ।
काठमाडौं, साउन १३ गते । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ आजबाट प्रदर्शनमा आएको छ । 'पानीफोटो'मा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको खोजीमा रहेको बाबुआमाको कथालाई प्रस्तुत गरिएको हो । चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मा लगायतको अभिनय छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सको निर्माणमा बनेको चलचित्रलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले निर्माण गर्नुभएको हो । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन छ ।
सङ्घीय संसद्का दुवै सदनबाट नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि विभिन्न कारणले नागरिकता पाउन नसकेका लाखौँ नेपालीले नागरिकता पाउने बाटो खुलेको छ ।
सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपियाँ बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको विचल्ली भएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुने छ ।
नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।
बाँके जिल्लाका अन्य क्षेत्रको तुलनामा विकास निर्माणमा पछाडि परेको राप्तीपारिका क्षेत्रमा क्रमशः विकासले गति लिंदै गएको छ ।
काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।
मालीमा पर्ने टिम्बक्टु इस्वी संवत्को १५औँ र १६औँ शताब्दीमा इस्लाम सभ्यताको एक प्रमुख बौद्धिक थलो थियो। हालको पश्चिम अफ्रिकी देश मालीको मध्यमा पर्ने टिम्बक्टु सहर इस्लामको स्वर्ण युगमा शताब्दीयौँसम्म संस्कृति र विद्या प्राप्तिका लागि प्रमुख केन्द्रका रूपमा विकसित भयो।
सामुदायिक विद्यालयबाट जिपिए चार ल्याउने गुल्मी जिल्लामै एक्लो आशिष बस्नेत बन्नुभएको छ । रेसुङ्गा माध्यमिक विद्यालयमा अध्यनरत बस्नेतले जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याउनु भएको छ ।
वर्तमान समयमा मानिसको जीवन अति नै व्यस्त र अनेक विषयमा रुमलिएको देखिन्छ। जसले गर्दा मानिसमा अनेक खालका नकारात्मक सोचाइको विकास हुने तथा जीवन यत्तिकै बिनाकुनै उपलब्धि व्यतित भइरहेको छ। यसै विषयमा केही मानोविज्ञानका कुरा गरौँ, जसले यो जीवनलाई केही हदसम्म सहयोग गर्नेछ।
सिन्धुपाल्चोक, साउन १३ गते । सिन्धुपाल्चोकका स्थानीय सरकारले करोड खर्चेर कृत्रिम झरना निर्माण गरेको छ । स्थानीय सरकारको जीवनस्तर उकास्ने कार्यलाई छाडेर भ्यू–टावर, कृत्रिम झरना, सवारीसाधान जस्ता अनुत्पादक क्षेत्रमा करोडौं बजेट खर्चने गरेको भन्दै गुनासाे बढ्दै गएको छ । यसको एक उदाहारण हो पाँचपोखरी थाङपाल गाउँपालिकाले कृत्रिम झरना निमार्णका लागि एक करोड २९ लाख रकम खर्चेको छ । दश लाखभन्दा बढी बजेटमा डिपिआर गरिएको थियो । उक्त गाउँपालिकामा पाँच दर्जनभन्दा बढी प्राकृतिक मनोमहक झरना छन् । प्राकृतिक झरनालाई व्यवस्थित बनाउन छाडेर कृत्रिम झरना निर्माण गर्नु उचित नभएको स्थानीयहरुले आपत्ति जनाउँदै आएका छन् । ‘प्राकृतिक झरनाले भरिभराउ स्थानमा किन कृत्रिम झरना निमार्ण गर्नुपर्याे ?’ स्थानीय प्रकाश सापकोटाले प्रश्न गर्नुभयो । के उद्देश्यका लागि निर्माण गरिएको भन्ने पनि स्पष्ट नभएको उहाँको भनाइ छ । गाउँपालिका भरमा रहेका प्राकृतिक झरना, पर्यटकीय क्षेत्रमा सही र सदुपयोगपूर्ण तरिकाले बजेट खर्च गर्न पनि उहाँले सुझाव दिनुभएको छ ।उक्त कृत्रिम झरना गाउँपालिका वडा नम्बर– ३ स्थित छिम्ती भीरको पाँच सय मिटर उचाइबाट खसालिएको छ । त्यसबाट खसालिएको पानी कहीँ कत्तै प्रयोगमा ल्याइएको छैन । प्राकृतिक झरना छाडेर कृत्रिम झरनामा कोही कसैले सेल्फी खिच्ने गरेका छैनन् । उक्त वडाका अध्यक्ष ङिमाछिरिङ तामाङले कृत्रिम झरनाले स्थानीय सरकार र जनता समृद्ध हुने दावी गर्नुभयो । सिँचाइ, खानेपानी, जलविद्युत आयोजना लगायत बहुउद्देश्यीय कृत्रिम झरना निर्माण गरिएको अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सभापति जंगबहादुर लामाले अनुत्पादक क्षेत्रमा सरकारी बजेट हालेर भ्रष्टचार नगर्न चेतावनी दिनुभयो । गाउँपालिका समृद्ध बनाउन जनताको दैनिकीमा परिवर्तन आउने खालका काम गर्न उहाँले जनप्रतिनिधिलाई सुझाव दिनुभयो । यता गाउँपालिका अध्यक्ष टासी लामाले कृत्रिम झरना निर्माणसँगै पालिकालाई पर्यटकीय हब बनाउने लक्ष्य राखेको बताउनुभयो ।