• ४ जेठ २०८१, शुक्रबार

माओवादी स्थायी कमिटी बैठक : प्रदेशस्तरीय बैठकको मिति परिवर्तन

blog

फाइल तस्बिर

काठमाडौं, साउन १३ गते । नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटी बैठक साउन १५ गते आइतबार दिउँसो ३ बजे पुनः बस्ने जानकारी दिनुभयो

पार्टी अध्यक्ष पुष्पकमल दाहाल आगामी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको प्रवक्ता महराले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी फेरि १५ गते ३ बजे बस्छौं । अध्यक्ष कमरेड नेपाली जनप्रगतिशील मञ्चका निम्तोमा जापान जाँदै हुनुहुन्छ, २१ गते । २१ देखि २५ गतेसम्म उहाँको जापान भ्रमण हुने भएकोले हामीले पहिला निर्धारित प्रदेशका बैठकहरुको बारेमा जुन तालिका थियो त्यो परिवर्तन गरेका छौँ ।’’


उहाँले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जान लाग्नुभएको बताउनुभयो ।

प्रवक्ता महराले बैठकले प्रदेश १ को २६ गते, मधेस प्रदेशको बैठक भदाै २ गते, लुम्बिनी प्रदेशको साउन २९ गते र सुदूरपश्चिमको बैठक भदाै ४ गते बस्ने जानकारी दिनुभयो ।

यसैगरी, प्रवासको बैठक भदाै ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्नेछ ।

पार्टी पदाधिकारीबारे टुङ्गो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्न लागेको हो ।