• ४ साउन २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक जारी

blog

फाइल तस्बिर

काठमाडौं, साउन १३ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘‘नेपाल नागरिकता  (पहिलो संशोधन) विधेयक, २०७९’’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुने छ ।

त्यस्तै, बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘‘सपथसम्बधन्धी विधेयक, २०७८’’का सम्बन्धमा राष्ट्रियसिभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।