१३ साउन २०७९, शुक्रबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
१३ साउन २०७९, शुक्रबार
३ वर्ष पहिले
काठमाडौं, साउन १३ गते । गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।
सत्ता गठबन्धनमा रहेको माओवादीसँग बिहीबार मात्रै पास भएको नागरिकता विधेयक, अब कसरी अगाडि बढ्ने, निर्वाचन मिति घोषणालगायत विषयमा कुराकानी भएको बताइएको छ । अध्यक्ष दाहालले विभिन्न सार्वजनिक कार्यक्रममा केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताउनुभएको थियो ।
गृहमन्त्री खाणले बिहीबार साझ माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि उहाँकै निवासमा पुगेर कुराकानी गर्नुभएको थियो ।
मधुसुधन भट्टराई