• ४ साउन २०८१, शुक्रबार

नेपाली चलचित्र 'पानीफोटो' आजबाट प्रदर्शनमा

blog

काठमाडौं, साउन १३ गते । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ आजबाट प्रदर्शनमा आएको छ । 'पानीफोटो'मा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको खोजीमा रहेको बाबुआमाको कथालाई प्रस्तुत गरिएको हो । 

चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मा लगायतको अभिनय छ । 

टुकी आर्ट्स र मन्जुश्री फिल्म्सको निर्माणमा बनेको चलचित्रलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले निर्माण गर्नुभएको हो । 

चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन छ ।