नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिमा बुझाएका मुद्दाका विवरणलाई लिएर कानुन व्यवसायीबीच मतभेद देखिएको छ। छानबिन प्रयोजनका लागि जबराविरुद्धका प्रमाण भन्दै पेस गरेका मुद्दामा संलग्न कानुन व्यवसायीले बारको कदममा असन्तुष्टि जनाएका हुन्। जबराले मुद्दामार्फत अनियमितता गरेको भन्दै बारले प्रमाणका रूपमा ती विवरण पेस गरेको हो। तर केही विवरणमा पक्ष विपक्षको नाम उल्लेख भए पनि केहीमा भने विषयमात्र उल्लेख गरेको छ। नामै किटान गरेका विषयमा केही कानुन व्यवसायीले असन्तुष्टि जनाएका हुन्।
सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले आइतबार भारतका गृहमन्त्री अमित शाहसँग गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।
पाल्पा जिल्लाको रामपुर नगरपालिका–५ समाज सुधार आमा समूह सुन्दरटोलका महिला दरखाने कार्यक्रममा सहभागी हुँदै ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको छ ।
धनुषाको ढल्केवरमा तीन तलाबाट खसेर एक बालकको मृत्यु भएको छ ।
तनहुँमा बस दुर्घटना हुँदा १५ जना कर्मचारी घाइते भएका छन् ।
भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोलीले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा आइतबार नेपाल आएको भारतीय टोलीले सोमबार प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गरेको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन विभिन्न ७६ दलका ६८ वटा निवेदन परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिनुभएको हो ।
सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आगामी निर्वाचनमा तनहुँको निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारी गर्नुभएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर (करिव नौ लाख रुपियाँ) जरिवाना गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फर्काइएको नागरिकता विधेयकको महत्वपूर्ण र संवेदनशील विषयमा परिमार्जन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिको छलफलमा आज सोमबार भाग लिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने २० वर्षीया पुनमाया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप ट्रफी सोमाबार नेपाल ल्याईएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा विश्वकप ‘ट्रफी टुर’ गराएको हो ।
कोहलपुर नगरविकास समितिले नगरमा सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ । सोमवार विहानबाट प्रहरीको सहयोग लिएर डोजरको माध्यमले न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको कोहलपुरका मेयर पूर्ण आचार्यले बताउनुभयो ।