• १३ साउन २०८१, आइतबार

१७ लाख ठगी गरेको अभियोगमा महिला पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १३ गते । रोमानिया पठाइ दिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने २० वर्षीया पुनमाया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रुपियाँ तलब पाउने गरी काममा लगाई दिने भन्दै प्रतिव्यक्ति ६ लाख लाग्ने भन्दै विश्वास दिएर पीडितबाट १७ लाख ७५ हजार रुपियाँ लिएर सम्पर्क विहिन भएकी श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

श्रेष्ठलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।