मानिस जन्मदेखि मृत्यु नभएसम्म सिकाइ कार्यमा आबद्ध रहिरहन्छ। सिकाइले व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउँछ। ज्ञानको अन्धकारबाट चेतनायुक्त सभ्यतामा परिणत भई सामाजिक कुरीति, कुविचारको बीजारोपणको अन्त्य हुन्छ। नेपालमा यसको प्रत्यक्ष प्रभाव दरबार स्कुल तथा त्रि–चन्द्र कलेजको स्थापनाबाट भएका विभिन्न कुरीतिहरूको अन्त्यलाई लिन सकिन्छ। शिक्षाले व्यक्तिका दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याको तर्कपूर्ण, विवेकपूर्ण तथा कुशलतापूर्वक ढङ्गबाट समाधान गर्ने क्षमताको विकास गर्दछ। मानिसमा चिन्तन, दृष्टिकोण र सीपगत संरचनामा परिवर्तन ल्याइदिन्छ। शिक्षाले राष्ट्रका लागि आवश्यक जनशक्तिको विकास तथा आधुनिकीकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको छ। त्यसैले शिक्षा मानिसमा निरन्तर चलिरहने आवश्यक प्रक्रिया हो।
१० करोड ७० लाख रुपियाँ खर्च गरे पनि बिजुली नबल्दा बैतडी सिगासका स्थानीयबासी टुकी बाल्न बाध्य भएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले गाउँपालिकालाई पत्र काटेको छ ।
सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णय खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन आवश्यक छ। यही उद्देश्यका लागि ल्याइएको ऐनमा खरिद, सार्वजनिक निकाय, मालसामान, परामर्श सेवा, अन्य सेवा, बोलपत्र, बोलपत्रदाता, बोलपत्रसम्बन्धी कागजात, खरिद सम्झौता, सार्वजनिक खरिद अनुगमन कार्यालय, अधिकार प्राप्त अधिकारी, जमानत, विशेष परिस्थिति, स्थानीय तह, संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर), एजेन्ट, एक तह माथिको अधिकारी, दातृपक्ष, रासनलगायतका बारेमा स्पष्ट रूपमा परिभाषित गरेको छ।
सन् २०२१ जुलाई ८ – छ सदस्यीय यस सङ्गठनमा चीन एवं दक्षिण एसियाका पाँच राष्ट्र (नेपाल, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का) रहेका। – गरिबी निवारणमा मिलेर कार्य गर्ने उद्देश्यका साथ यस सङ्गठनको स्थापना भएको। – पाँच दक्षिण एसियाली मुलुकमा शाखा कार्यालय रहने।
वित्तीय समानीकरण अनुदान १. नेपाल राष्ट्र बैङ्कलाई प्राप्त विदेशी विनिमय व्यवस्थापनसम्बन्धी अधिकारहरू उल्लेख गर्नुहोस्। विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुन सक्ने चेक, ड्राफ्ट, ट्राभलर्स चेक, इलेक्ट्रोनिक फन्ड ट्रान्सफर, क्रेडिट कार्ड, प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्रलगायतका मौद्रिक उपकरणलाई विदेशी विनिमय भनिन्छ । विदेशी विनिमयको कारोबारसम्बन्धी सम्पूर्ण मामिलाको व्यवस्थित गर्ने कार्यलाई विदेशी विनिमय व्यवस्थापन भनिन्छ। आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका लागि विदेशी विनिमयसम्बन्धी नीति निर्माण गर्ने र सोको व्यवस्थापन गर्ने नेपाल राष्ट्र बैङ्कको स्थापनाकालीन उद्देश्य रहेको छ। सो उद्देश्य हासिल गर्नका लागि बैङ्कलाई निम्नानुसारको विदेशी विनिमय व्यवस्थापनसम्बन्धी अधिकार रहेको छ ः
दाल प्रशोधन गरेर बजारमा बिक्रीवितरण गर्ने उद्देश्यसहित मोरङको बुढीगङ्गा–५, हात्तीमुढामा नयाँ उद्योग सञ्चालनमा आएको छ । तीनजना लगानीकर्ताको ५० करोड रुपियाँको लगानीमा स्थापना गरिएको जैन फुड्स प्रोसेसिङ प्रालिले दालको प्रशोधन सुरु गरेको हो । नेपाली भान्सामा गुणस्तरीय दाल पु-याउने लक्ष्यसहित मङ्गलबार उद्योगको उत्पादन सार्वजनिक गरिएको छ ।
ठूला बीमा कम्पनीले लघु बीमामा जान नमानेपछि नियामक निकाय बीमा समितिले नयाँ लघु बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले विद्यमान बीमा कम्पनीले लघु बीमाको लक्ष्य पूरा गर्न नसकेपछि बाध्य भएर लघु बीमा कम्पनीको स्थापना गर्न लागिएको बताउनुभयो । अहिलेका बीमा कम्पनीले समग्र व्यवसायमा दुई प्रतिशत मात्रै लघु बीमा गरेको जानकारी दिँदै अध्यक्ष सिलवालले गरिबी निवारणको एउटा उपकरण लघु बीमा भएको बताउनुभयो । ठूला बीमा कम्पनीलाई मर्जर गराएर क्षमता बढाउने विषय र लघु बीमा कम्पनीको स्थापना नितान्त फरक विषय भएको उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशका २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको छ । सङ्घीय सरकारले २०७६ सालदेखि २०७९ सालसम्ममा यस प्रदेशका २० स्थानीय तहमा औद्योगिक क्षेत्र घोषणा गरे पनि अधिकांश स्थानमा अझै औद्योगिक ग्राम निर्माण हुन भने सकेका छैनन् । १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा सङ्घीय सरकारले पटक–पटक गरेर २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिका, पाल्पाको रामपुर नगरपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका, नवलपरासीको सुनवल नगरपालिका र बर्दघाट नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, बाँकेको खजुरा गाउँपालिका, प्युठानको स्वर्गद्वारी नगरपालिका, कपिलवस्तुको वाणगङ्गा नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, पणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ ।
पश्चिमी मकवानपुरका चेपाङ समुदाय आफ्ना बालबालिका र परिवारसरह चिउरी संरक्षणमा लाग्ने प्रतिबद्धतासहित चिउरीका बिरुवा रोप्न जुटेका छन्। परम्परागत र प्राकृतिक रूपमा चिउरीसँग विशेष सम्बन्ध रहँदै आएको चिउरीलाई आम्दानीको स्रोतसँगै पर्यावरण संरक्षणलाई जोडेर चिउरीको संरक्षणमा लागेका हुन्। पछिल्लो समय चिउरी नासिँदै गएपछि चेपाङको चिउरीप्रतिको अपनत्वसमेत हराउँदै गएको छ र चिउरीबाट हुने आम्दानीको स्रोत गुम्दै गएको छ। सिमान्तकृत समुदायका चेपाङको आयआर्जनसँग जोडिँदै आएको चिउरी मकवानपुरको राक्सिराङ गाउँपालिकाको चेपाङ बाहुल्य क्षेत्र वडा नम्बर ५, ६, ७, ८ र ९ मा रोप्ने र भएका चिउरीका बोट संरक्षण गर्ने अभियान थालिएको छ।
अनावश्यक खर्च कटौतीलाई मुख्य कार्ययोजना बनाएको बताउने विराटनगर महानगरपालिकाले राजनीतिक दलका दिवङ्गत नेताहरूका नाममा खोलिएका संस्थाहरूलाई करोडौँ बजेट छुट्याएको छ। महानगरपालिकाले सङ्घसंस्थाहरूलाई करोडौँ रुपियाँ अनुदान दिने परम्परालाई कायम राखेको छ। महानगरको कार्यभार सम्हालेलगत्तै प्रमुख नागेश कोइरालाले भन्नुभएको थियो, “सङ्घसंस्थालाई दिने अनुदानमा व्यापक कटौती गर्ने तयारी गरेको छु र अनावश्यक खर्च कटौती गर्ने मेरो योजना छ।” तर असार १० गते नगर सभामा पेस गरेको बजेटको भर्खरै प्रकाशित विस्तृत विवरणमा विगतमा झैँ यस पटक पनि व्यापक अनुदान रकम विनियोजन गरेको पाइएको छ।
सरकारले आयात प्रतिबन्ध लगाएका दस वस्तुमध्ये छवटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, सबै प्रकार खेलौना र तासको आयात बन्देज खुला भएको हो । यससम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ ।
काठमाडौं, भदौ १४ गते । नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन्।मंगलबार साँझ सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरी शङ्कर पराजुलीले जानकारी दिनुभयो। बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उहाँले सुनाउनुभयो। भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी महिलाले हरितालिका (तीज) पर्व मनाएका हुन्। पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। पशुपतिनाथ मन्दिरमा यस वर्ष विगतभन्दा सहज रुपमा दर्शन गर्न पाइएको भक्तजनले बताएका छन्। पन्ध्र वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलेपछि भक्तजनलाई दर्शनमा सहज भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र नागेश्वर मन्दिर, भक्तपुकरको डोलेश्वर, ललितपुरको सन्तानेश्वरलगायत काठमाडौँ उपत्यका र देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन्। यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरूको भनाइ छ। समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरूको मत छ। आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन्। समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ।व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन्। तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ। हरितालिका पर्व समापनका अवसरमा केही मानिसले आज पूजा लगाउँछन्। आज पूजा नलगाउनेले भने भाद्र शुक्ल चौथीका दिन बिहान गोदान एवं पूर्णपात्र दान गरेर व्रत समापन गर्छन्। सोमबार राति दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। नेपाली नारीले यो पर्व विशेष रुपमा मनाउँछन्। रासस
काठमाडौं, भदौ १४ गते । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख दुई सय बजेट प्राप्त भएको छ। नेपाल प्रहरीका लागि रु एक अर्ब २३ करोड ५० लाख ९९ हजार २०० तथा म्यादी प्रहरीका लागि रु पाँच अर्ब, ८६ करोड, ३९ लाख ५० हजार बजेट छुट्याइएको हो। उक्त बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो।उक्त निर्वाचनका लागि ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ। यसपटक स्थानीय तहको निर्वाचनमा भन्दा २५ हजार बढी नेपाल प्रहरी तथा म्यादी प्रहरी थप गरिने भएको हो। जसमा १५ हजार म्यादी प्रहरी थपिने छन्।निर्वाचनका समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले सात दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउनेछन्। उक्त भत्ता सिपहीका हकमा प्रतिव्यक्ति प्रतिदिन रु एक हजार दुई सय हुनेछ। अन्य तहअनुसार भत्ता उपलब्ध हुने जनाइएको छ। उनीहरूले निर्वाचनको मुख्य चार दिन प्रतिदिन रु तीन सयका दरले खाजा खर्च पनि प्राप्त गर्नेछन्।नेपाल प्रहरीले निर्वाचन प्रयोजनार्थ कुल एक सय ८० वटा गाडी (सवारीसाधन) खरिद गर्ने भएको छ। प्रहरीले निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारीसाधन माग गरेको थियो। अर्थ मत्रालयबाट गाडी खरिदका लागि रु ७५ करोड बजेट स्वीकृत भएसँगै प्रहरीले गाडी खरिदको तयारी थालेको छ। प्रहरीले बढीमा रु ५० लाखसम्मका गाडी खरिद गर्न पाउनेछ। सोही आधारमा एक सय ८० वटा गाडी खरिद गर्न लागिएको डिआइजी थापाले जानकारी दिनुभयो।निर्वाचनमा कुल दुई हजार सात सय ९५ वटा गाडी परिचालन गर्ने योजना प्रहरी प्रधान कार्यालयको छ। निर्वाचनको १२ दिनका लागि एक हजार ५० गाडी भाडामा लिन स्वीकृत प्राप्त भएको छ। भाडाका लागि प्रतिदिन रु १० हजार रकम छुट्याइएको छ। बाँकी अपुग गाडी मर्मत गरेर चलाइनेछ। सबै निर्वाचन सुरक्षा योजनाअनुसार परिचालन हुने भएकाले थपघट हुनसक्ने थापाले जानकारी दिनुभयो। यसपालि प्रहरीले १० हजार लठ्ठी खरिद गर्दैछ। प्रतिलठ्ठी रु दुई सयका दरले खरिद गर्ने जनाइएको छ।प्रहरीले सात सय बढी सञ्चार सेट तथा आवश्यक हातहतियारको माग गरे पनि उपलब्ध नहुने भएपछि हतियार बहालगिरीमा प्रयोग गर्ने भएको छ। हाल चालु रहेका सेटसहित अपुग भएमा मोबाइलबाटै सञ्चार सेटको काम गरिने छ। म्यादी प्रहरीको तलब झण्डै ५० हजारसरकारले आगामी मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ। यसअघि स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो। उनीहरूका लागि कुल रु पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रकम विनियोजन भएको छ। कुल ४० दिनका लागि तलब, राशन, पोशाकलगायत सबै भत्तासहित जोडेर झण्डै रु ५० हजार हाराहारी तलब प्राप्त गर्र्नेछन्। यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ।म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन्। सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा रु ४९ हजार दुई सय ६० तलब प्राप्त गर्नेछन्। हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार नाघ्ने छ। म्यादी प्रहरीले तलब मात्रै रु ३४ हजार सात सय ६० प्राप्त गर्नेछन्। त्यसका अलावा रासनवापत रु सात हजार २०० पाउने छन्। तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्र्ने हुँदा केही थपिने छ। पोशाकका लागि रु छ हजार रुपैयाँ पाउने छन्। यसमा पनि हिमाली जिल्लामा खटिनेले ९ज्याकेट खरिद० मा रु एक हजार थप पाउनेछन्। हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ। यस्तै आवतजावत भाडा खर्च रु एक हजार दिइनेछ। खाजा खर्च चार दिनको प्रतिदिन रु तीन सयका दरले पाउनेछन्। यो खर्च भने सबै प्रहरीले पाउनेछन्। म्यादी प्रहरीका लागि मापदण्ड तय हुँदैछ। आगामी असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो।मतदानस्थल र मतदाता थपिएकाले सुरक्षाकर्मी थपमतदानस्थल, मतदान केन्द्र र मतदातासमेत थपिने भएकाले यो पटक म्यादी प्रहरीसहित झण्डै २५ हजार प्रहरी कर्मचारी थप परिचालन गर्न लागिएको छ। नेपाल प्रहरीतर्फ १० हजार र म्यादीतर्फ १५ हजार बढाउन लागिएको हो।समानुपातिक निर्वाचनसमेत हुने भएको र कारागारका कैदीबन्दीले समेत मताधिकार प्रयोग गर्न पाउने भएपछि म्यादी प्रहरीसँगै अन्य प्रहरी कर्मचारीसमेत थप गरिएको हो। यसपालि झण्डै पाँच लाख मतदाता थपिने अनुमान गरिएको छ। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने हुन्छ। त्यसैले सुरक्षाकर्मी बढाउनुपर्ने आवश्यकता रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक राईले जानकारी दिनुभयो। यसअघि भर्ना भएका म्यादी प्रहरी, पूर्वसुरक्षाकर्मीलाई नै यसपटक पनि प्राथमिकता दिने पनि उहाँले जानकारी दिनुभयो।निर्वाचनको तयारीस्वरूप नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाको संयोजकत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ। प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ। अर्थ मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएर आएसँगै केन्द्रीय सुरक्षा योजना निर्माणमा गृह मन्त्रालय जुटेको छ। यसअघि गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल, प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमाण्ड पोष्ट गठन गरी कार्य अघि बढाइएको छ। रासस/नारायण ढुङ्गाना
काठमाडौं, भदौ १४ गते । हरितालिका तीजको अवसरमा मंगलबार काठमाडौं मखनमा रहेको सानो पशुपतिमा दर्शनार्थीको भीड लागेको छ। देशभरका शिवालयमा जस्तै पशुपतिनाथ मन्दिरमा जान नपाउनेहरु मखनमा रहेको सानो पशुपतिमा पुगेर पूजा आजा गर्दै शिवजीको दर्जन गरेका हुन्। तस्बिर : मनोजरत्न शाही
नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता विश्वप्रकाश शर्माले आफूलाई यसपटक चुनाव हार्न छुट नभएको बताउनुभएको छ।