विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैङ्कको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनले उत्पादनमूलक उद्योग समस्यामा पर्ने बताएका छन् । नेपाल राष्ट्र बैङ्कले २०७९ कात्तिक १ गतेदेखि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा लागू हुने गरी जारी गरेको ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९’ ले उत्पादनमूलक उद्योग सञ्चालनमा समस्या हुने बताइएको छ ।
नेपाली भाषाको उद्गम स्थल तथा प्राकृतिक सुन्दरताको खानी कर्णाली प्रदेशका अनेक आयाम छन्। त्यहाँको अर्गानिक कृषि उत्पादनको विशेष महव छ। जडीबुटी, फलफूल, कला संस्कृतिजस्ता विविध दृष्टिकोणबाट कर्णाली अझै विशिष्ट छ तर अझै राज्यले पूर्ण सदुयोग गर्न सकेको छैन। कर्णालीको चिसो हावापानीमा उत्पादित कृषि उत्पादनहरू पूर्ण रूपमा अर्गानिक बनाउन सके निकै गुणस्तरीय हुनेछन्। यही विशेषताका कारण कर्णालीका मार्सी चामल, सिमी, उवा, कागुनो, कोदोजस्ता कृषि उपजहरूको पारखी उपभोक्ता माझ उच्च माग रहिआएको छ। राजधानी उपत्यकालगायत देशका मुख्य सहर र विदेशमा समेत कर्णालीका उत्पादनले भान्सामा विशेष महव राख्ने गर्छ।अनेक क्षेत्रमा व्यापक सम्भावना हुँदाहुँदै पनि भौगोलिक विकटताका कारण कर्णालीले खुम्चिएर रहनु परेको तीतो सत्यलाई भने बिर्सन मिल्दैन। यहाँ उत्पादित गुणस्तरीय कृषि उत्पादनहरूको बजार पहुँच हुन नसक्दा उत्पादित उब्जनीहरूको सदुपयोग हुन नसकेकै फलस्वरूप खेतबारी बाँझै राख्नुपर्ने अवस्था विद्यमान छ। यो स्थितिमा सुधार ल्याउनु अहिलेको माग हो। मुलुकका सबै क्षेत्रको सर्वाङ्गीण विकासका निम्ति यो जरुरी छ। कर्णालीको समग्र आर्थिक स्थितिलाई भरपर्दो टेवा दिन यसतर्फ सबैको ध्यानाकर्षण हुनुपर्नेछ। अझ यसमा सरकारी तथा निजी क्षेत्रको हातेमालो महìवपूर्ण हुन सक्छ। हाल आएर यो अवस्थामा परिवर्तन हुन सक्ने सम्भावना देखापरेको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अग्रसरतामा कर्णालीका उत्पादनको बजारीकरण विस्तार भएको छ । कम्पनीले यहाँका रैथाने कृषि उत्पादनहरूलाई सहज बजारको पहुँच उपलब्ध गराउँदै आएको छ । यो पहललाई निकै सराहनीय तथा प्रशंसनीय मान्न सकिन्छ । यसबाट कर्णालीका किसानलाई राहत मिल्ने छ । कर्णाली उत्पादनलाई सहज बजार उपलब्ध हुनु भनेको मुलुकका विभिन्न क्षेत्रका बासिन्दालाई कर्णालीको मौलिक स्वादको पहिचानको गर्ने अवसर मिल्नु हो। कर्णालीका कृषकहरूलाई आफ्ना कृषि उत्पादनको न्यायोचित मूल्य प्राप्त हुन यसले सहयोग गर्नेछ। कर्णालीका उत्पादनको बजारीकरण कदमले कर्णालीका कृषकहरूलाई उत्साह भर्ने छ। लगानीमा प्रोत्साहन मिल्ने छ। वैयक्तिक तवरमा कृषकहरूबाट कृषि उपज खरिद गर्दा आपूर्ति व्यवस्था सहज हुन नसक्ने अवस्थामा कम्पनीले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोट गाउँपालिकासँगै कोदो, फापर, भट्मास, सिमी, उवा, कागुनोलगायत यहाँका रैथाने कृषि उत्पादन खरिद गर्ने सम्झौता पनि गरिसकेको छ। यस्तो प्रक्रिया यस अघिबाटै चल्दै आएको छ। यसबाट यी कृषि उत्पादनहरूको आपूर्ति सहज तथा व्यवस्थित हुन सघाउ पुग्नेछ। रैथाने उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने लक्ष्यसहित गरिएको यो सम्झौताले निःसन्देह कर्णालीका कृषक तथा कृषि कर्ममा सकारात्मक प्रभाव पार्नेछ। गाउँपालिकाले स्थानीय कृषकहरूबाट कृषि उपज खरिद गर्ने छ। खरिद गरेको वस्तुको ब्राण्डिड, प्याकेजिड पनि गर्ने सम्झौता भएको छ। यसबाट उपभोक्तालाई गुणस्तरीय कृषि उपज उपलब्ध हुने प्रत्याभूतिको सम्भावना बढेको छ। कर्णालीलाई आफ्नै ब्राण्डका रूपमा स्थापित हुने अवसर पनि उपलब्ध हुनेछ। यसरी ब्राण्डिड तथा प्याकेजिड गरिएका कृषि उपजलाई कम्पनीले काठमाडौंँ उपत्यका ल्याएर आमउपभोक्तालाई बिक्री वितरण गर्ने योजना छ। यसबाट कृषकको उब्जनीको उपयोग हुनेछ भने उनीहरूले यसको राम्रो बजार भाउसमेत पाउने छन्। बजार नपाएर भौतारिएका कृषक अझ उत्साह तथा जोश जाँगरसहित आफ्नो कर्ममा सक्रिय हुने छन्। बढी कृषि उत्पादन गर्ने कृषकलाई थप प्रोत्साहन रकम उपलब्ध गराउने गाउँपालिकाको नीति आफँैमा सकारात्मक र उत्प्रेरक छ । यसअघि पनि खाद्य कम्पनीले सिमीजस्ता गेडागुडीको उपत्यकामा बजारीकरण गर्दै आएको हो तथापि यसमा व्यापकता थिएन। थोरै परिमाणमा हुने गथ्र्याे।। अबका दिनमा सबै पक्षको हितलाई ध्यानमा राखेर उल्लेखनीय परिणाममा कर्णालीका कृषि उपज आपूर्तिलाई दिगो तथा भरपर्दो बनाउने प्रयास भएको छ। यसको प्रत्यक्ष सकारात्मक प्रभाव कर्णालीको कृषि उत्पादनमा पर्ने विश्वास छ। यसका अतिरिक्त कृषकहरूलाई उब्जनी वृद्धिका निम्ति आवश्यक ज्ञान, प्रविधि तथा संसाधन जुटाइदिने कार्य पनि सम्भव तुल्याउन सकिए सुनमा सुवास थपिने थियो। कृषिको उपजको आपूर्ति सहज, निरन्तर तथा दिगोपूर्ण रूपमा अगाडि बढाउन सकिए कर्णालीको आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान हुने सक्ने स्पष्ट छ।
संसद्बाट कानुन निर्माण प्रक्रिया ज्यादै सुस्त गतिमा चलिरहेको छ । संसद् विघटन, कार्यसम्पादनमा भएका गतिरोध र गणपूरक सङ्ख्याको अपुगका कारण धेरै विधेयक लामो समयदेखि विचाराधीन छन् भने कतिपय विधेयकमा सरकारले प्रारूप दिन सकिरहेको छैन। सत्ता पक्ष र विपक्षबीच देखिएका राजनीतिक मतभेदले नागरिकता विधेयक यथार्थभन्दा धेरै भ्रम फैलिएको छ। राजनीतिक दलका आआफ्नै स्वार्थका कारण नागरिकतामा भ्रमको राजनीति प्रवाह भएको छ।
एक हजार ८०० बिन्दु नजिकबाट चढेर दुई हजार २०० सम्मको यात्रा तय गरेको बजार पुनः दुई हजारभन्दा तलको बिन्दुमा ओर्लिएको छ। सेयर बजारमा निरन्तर गिरावट आउने क्रममा साताको पहिलो दिन आइतबारको कारोबारमा बजार परिसूचक ३३ दशमलब ३६ अङ्कको गिरावटसहित दुई हजारको बिन्दुबाट तल झर्दै एक हजार ९८९.२६ को बिन्दुमा रोकिएको छ। कारोबार रकममा पनि आइतबार खासै उत्साह देखिएन बजारमा दुई अर्ब पाँच करोड नजिकको मात्र कारोबार हुनुले बजारमा लगानीकर्ता अझै बजारमा करेक्सन आउँछ अनि खरिद गरौँला भन्ने मुडमा बसेको सङ्केतका रूपमा पनि हेर्न सकिन्छ। त्यसैगरी अर्को दृष्टिकोणबाट हेर्ने हो भने बजारमा सस्तोमा सेयर बेच्न लगानीकर्ता तयार नभएको सङ्केतको रूपमा पनि यसलाई लिन सकिन्छ।
विगतका दिनमा सानै उमेरमा कर्मघर गएका छोरीले कर्मघरको बुहार्तनमा अहिलेभन्दा बढी खट्नु पर्दथ्यो। सासूको खटनपटन र ससुराको आदेशको पालना गर्नुपर्ने बाध्यता नै थियो। श्रीमान्का कुरालाई पालन गर्नुलाई नारी धर्मका रूपमा हेरिन्थ्यो। विशेषगरी विवाहित नारीजन तीजको आगमनको व्यग्र प्रतीक्षामा रहन्थे। यो पर्वले बर्खा, झरी, बादल नभनी निरन्तर खेतीको काम गर्दा थकित शरीरलाई केही आराम मिल्दथ्यो। हरितालिका तीजको व्रत बस्नुपर्ने हुँदा दर (आडिला व्यञ्जन) खाने चलन थियो । अद्यापि दर खाने चलन यथावत् छ ।
नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिएको मुलुक हो। नेपालका विविध संस्कृतिहरू हाम्रा साझा सम्पत्ति हुन्। मानव सभ्यताको विकास क्रममा निर्मित भौतिक तथा आध्यात्मिक मूल्यको संश्लेषण नै संस्कृति हो। चाडपर्वहरू संस्कृतिका एक प्रमुख अङ्ग हुन्। नेपालमा मनाइने विभिन्न चाडपर्वमध्ये तीज महìवपूर्ण पर्व हो। बदलिँदो परिस्थितिबमोजिम यस पर्वलाई मनाउने क्रममा थुप्रै परिवर्तन हुँदै गएको हुँदा यसले नेपाली समाजको सामाजिक–सांस्कृतिक झलकप्रस्तुत हुने गर्दछ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनदेखि पञ्चमीसम्म तीज पर्व मनाउने गरिन्छ। तीन हिन्दु नारीको विशेष पर्व हो। यो पर्वलाई परापूर्वकालदेखि नै चेली र माइतीघरबीचको अन्योन्याश्रित सम्बन्धका रूपमा नै मान्यता दिइँदै आइएको छ। धर्मग्रन्थअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका निम्ति तपस्या गरिन्। व्रतका रूपमा बसेको तपस्या सफल भएकाले महादेव स्वामी पाई पार्वती खुसी भएको धार्मिक विश्वास रहिआएको छ। पार्वतीले महादेव स्वामी पाएका दिन श्रीहरि विष्णुले ताली बजाएर खुसी व्यक्त गरेका हुनाले उक्त दिनदेखि नै त्यस दिनलाई ठूलो खुसियालीको पर्वका रूपमा मानिएको हो। नेपाल धर्म र संस्कृतिले धनी देश हो। आफ्नो धर्म, संस्कृति, संस्कार जोगाउन हाम्रा पुर्खाले बनाएका चाडपर्व मनाएर रमाइलो गर्ने गर्दछौँ। आजसम्म पनि हाम्रा धार्मिक चाडपर्व, रीतिरिवाज, परम्परागत मान्यता हाम्रो मानसपटलमा ताजा नै रहिआएका छन्। तीज पर्वको व्रत बस्नुभन्दा अघिल्लो दिन ‘दर खाने’ दिन भनेर उक्त दिनलाई विशेष दिनका रूपमा मानिँदै आइएको छ। परापूर्वकालदेखि दरखाने दिनलाई अति नै महत्वको दिन मानिन्छ।
चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र निर्माण सुरु गरेको छ। विभिन्न कारणले बिरामी भएका तथा नियन्त्रणमा लिएर केही समय निगरानीमा राख्नुपर्र्ने जनावरलाई राख्न वन्यजन्तु उद्धार केन्द्र निर्माण कार्य अगाडि बढाएको हो। पछिल्ला केही महिनायता मानिसलाई आक्रमण गर्ने बाघको सङ्ख्या वृद्धि भएपछि त्यसलाई नियन्त्रण गरेर राख्ने स्थानको अभाव भएको थियो। त्यस्तै बिरामी जनावरलाई राखेर उपचार गर्ने र राखिएका जनावर हेर्न पर्यटक आउने वातावरणसमेत सिर्जना गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो।
शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा क्षति पुगेको छ। मेलम्ची र हेलम्बुका नदी तटीय क्षेत्रका स्थानीय बाढीका कारण अहिले घर छोडेर सुरक्षित स्थानमा गएका छन्। गत वर्ष असार १ गतेको मेलम्ची बाढीले विस्थापित भएका मेलम्ची र हेलम्बुवासी गएको हिउँदमा बाढीले पुरेको घर सफा गरेर बसेका थिए। शनिबार र आइतबार वर्षासँगै आएको बाढीका कारण पुनः घर छोडेर हिँड्नुपरेको मेलम्चीका बालचन्द्र सापकोटाले दुखेसो गर्नुभयो। हेलम्बु र मेलम्ची क्षेत्रका खोलामा आएको बाढीले ग्रामीण सडक र धानबालीमा क्षति पुगेको सापकोटाले बताउनुभयो।
ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा ७ टोक्सेलमा रहेको श्री स्वर्णान्तराल आधारभूत विद्यालयले ६८ औं वार्षिकोत्सव मनाएको छ ।
मुस्ताङी स्याउको स्वाद धेरैको जिब्रोमा झुन्डिएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक रूपमा स्याउ खेती गरेर स्वादिलो स्याउ घरघरमा पु-याउने थोरै किसानमध्ये घरपझोङ गाउँपालिका–५, ढुम्बाका कर्म गुरुङ अग्रस्थानमा हुनुहुन्छ । उहाँ मुस्ताङमा व्यावसायिक रूपमा स्याउखेती गर्ने पहिलो व्यक्ति मानिनुहुन्छ । मुस्ताङको सदरमुकाम जोमसोम पारिपट्टि रहेको क्षेत्रमा उहाँको मुख्य रूपमा स्याउखेती रहेको भए पनि अन्यत्र सात स्थानमा बगान छ । गत वर्ष उत्पादन राम्रो नभएको अवस्थामा झन्डै दुई करोड रुपियाँको स्याउ बेचेको दाबी गर्ने गुरुङ यस वर्ष तीन करोड रुपियाँको बिक्री हुने अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, “यस वर्ष स्याउको बोटमा लागेको फल र बजार मूल्यका आधारमा तीन करोड रुपियाँ आउने अपेक्षा गरेको छु ।”
बहुक्षेत्रीय पोषण योजना ७७ वटै जिल्लामा सञ्चालन गरिने भएको छ । कुपोषणको समस्या न्यूनीकरण गर्न सरकारले बहुुक्षेत्रीय पोषण योजना कार्यक्रम सन् २०१३ देखि सञ्चालनमा ल्याएको थियो । मातृ तथा बाल्य अवस्थामा हुने कुपोषणलाई दु्रत गतिमा न्यूनीकरण गर्न सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याएको हो । पहिलो चरणमा ३० जिल्लामा सञ्चालन गरिएको यो कार्यक्रम दोस्रो चरण (सन् २०१८ देखि २०२२ सम्म)मा ७२ जिल्लामा सञ्चालन भएको थियो । कार्यक्रमको तेस्रो चरण सन् २०२३ देखि सुरु गरिने राष्ट्रिय योजना आयोगले जनाएको छ । दिगो विकास लक्ष्यसँग जोडेर बहुक्षेत्रीय पोषण योजना सन् २०३० सम्म सञ्चालन गरिनेछ । यस कार्यक्रमले स्वास्थ्य, कृषि, पशु स्वास्थ्य खानेपानी, स्थानीय शासन, महिला बालिकाका क्षेत्रमा काम गर्दै आएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई सरकारले आफ्नो ढङ्गले अगाडि बढायो भनेर गरिएको चर्चा गलत भएको बताउनुभएको छ। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा सोमबार भएको छलफलक्रममा मन्त्री खाणले यस्तो बताउनुभएको हो। सबै राजनीतिक दलसँग सहमति भएरै नागरिकता विधेयकका विभिन्न प्रावधान आएको उहाँले दाबी गर्नुभयो। नागरिकता ऐन–२०६३ र नेपालको संविधानमा गरिएको नागरिकतासम्बन्धी सबै व्यवस्था राजनीतिक दलको सहमतिमा आएको र ती व्यवस्था नै अहिलेको विधेयकमा रहेको उहाँले उल्लेख गर्नुभयो।
गुल्मीको सिमीचौरमा विमानस्थल निर्माण भएको पाँच वर्षभन्दा बढी भइसकेको छ तर अहिलेसम्म विमान सेवा सञ्चालन हुनसकेको छैन । ३३ करोड रुपियाँभन्दा बढी लगानी गरेर निर्माण सम्पन्न गरिएको यो विमानस्थलमा निर्माण भएका पूर्वाधार बिग्रिने अवस्थामा पुगेका छन् । स्थानीय बासिन्दा भने कहिले जहाज आउँछ भनेर प्रतीक्षा गरेर बसेका छन् । सम्पूर्ण पूर्वाधार तयार भएर रङरोगन गरिसकिएको यो विमानस्थल घुम्न आउने बढेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले विद्यार्थीको तालाबन्दीका कारण विश्वविद्यालय धराशायी बन्दै गएको र आन्दोलनकारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएपछि सभामुख सापकोटाले सरकारलाई यस्तो निर्देशन दिनुभएको हो। विश्वविद्यालयमा भएको तालाबन्दीलगायतका विरोध कार्यक्रमले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित भएको विषयमा सांसदहरूले धारणा राख्नुभएको थियो। विश्वविद्यालय धराशयी भएको भन्ने विषयमा प्रतिनिधि सभाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सभामुख सापकोटाले सरकारलाई दिनुभएको निर्देशनमा भनिएको छ, “यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु।”