काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने २० वर्षीया पुनमाया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप ट्रफी सोमाबार नेपाल ल्याईएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा विश्वकप ‘ट्रफी टुर’ गराएको हो ।
कोहलपुर नगरविकास समितिले नगरमा सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ । सोमवार विहानबाट प्रहरीको सहयोग लिएर डोजरको माध्यमले न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको कोहलपुरका मेयर पूर्ण आचार्यले बताउनुभयो ।
वन कर्मचारीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वर्दिवास ३ गौरीडाँडास्थित भवसी टोलका ३५ वर्षिय जीवन बराईलीलाई साखु (साल) को ९ थान चिरान काठसहित पक्राउ गरेको सवडिभिजन वन कार्यालय माईस्थानले जनाएको छ । वरामद काठ करिव १० क्यूफिट रहेको जनाइएको छ ।
कप्तान सन्दीप लामिछाने चम्किएपछि चौथो टी–२० खेलमा घरेलु टोली केन्याले नेपाललाई जितको लागि १०२ रनको सामान्य लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनायो ।
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहसँग अदालतको अवहेलना मुद्दामा जवाफ माग गरेको छ ।
नेपालको टी–२० क्रिकेट वरीयता एक स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५औं स्थानमा पुगेको छ । यसअघि नेपाल १४औं स्थानमा थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले समसामयिक विषयमा छलफल गर्नुभएको छ ।
। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई १० दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिनुभयो ।
काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ १२ गते टेकुस्थीत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप दुई जनामा हैजा पुष्टि भएको हो ।
साविक विजेता भारतले एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । युएईमा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले हरायो ।
तनहुँमा चितुवाको आक्रमणबाट आमा र छोरा घाइते भएका छन् । व्यास नगरपालिका–११ राम्चेडिही, पातीघारी बस्ने ४९ वर्षीया दिलमाया गुरुङ र उहाँको ९ वर्षीय छोरा शङ्कर गुरुङलाई आक्रमण गरी घाइते बनाएको हो ।
पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ११ जनाको कोरोना परीक्षण गर्दा २२६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं, भदौ १३ गते । गायक दीपक लिम्बूको नयाँ गीत 'तिमी नै तिमी' सार्वजनिक गरिएको छ। सङ्गीतकार तारा प्रकाश लिम्बूको सङ्गीत रहेको 'तिमी नै तिमी' गीतको रचना नवीन थेबेको छ। गायक राजेश पायल राईको चर्चित गीत 'बल्ल भेट भो आदाङ्गबे'का रचनाकार नवीन थेबेको रचनामा लामो समयपछि नयाँ गीत सार्वजनिक भएको हो। गायक दीपक लिम्बूको अभिनय रहेको भिडियो दीपक गजमेरले छायाङ्कन तथा सम्पादन गर्नुभएको हो ।
कर्णाली प्रदेश सरकारका नवनियुक्त दुईजना मन्त्रीले शपथ ग्रहण गर्नुभएको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरिएको थियो ।