• ६ कात्तिक २०८१, मङ्गलबार

भारतसँग पाकिस्तान पराजित

blog

काठमाडौं, भदौ १३ गते । साविक विजेता भारतले एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । युएईमा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले हरायो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडिममा पाकिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । भारतको जितमा रवीन्द्र जडेजा र विराट कोहलीले समान ३५ रन बनाउनुभयो ।

हार्दिक पाण्डेयले अविजित ३३, सूर्यकुमार यादवले १८ र कप्तान रोहित शर्माले १२ रन बनाउनुभयो । बलिङमा पाकिस्तानका मोहमद नवाजले तीन तथा शाहानवाज दाहानीले दुई विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाउनुभयो । इफ्तिखर अहमेदले २८, शाहानवाज दाहानीले १६, हरिस राउफले अविजित १३, कप्तान बाबर आजम, फखर जमान र शादब खानले समान १० रन बनाउनुभयो । 

बलिङमा भारतका भुवनेश्वर कुमारले चार विकेट लिनुभयो । हार्दिक पाण्डयले तीन, अश्रदिप सिंहले दुई र आभेस खानले एक विकेट लिनुभयो । पहिलो जितसँगै समूह ‘ए’ मा रहेको भारतले दुई अङ्क बनाएको छ । एजेन्सी