• १३ साउन २०८१, आइतबार

२४ घण्टामा थप २२६ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, भदौ १३ गते । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ११ जनाको कोरोना परीक्षण गर्दा २२६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ र दुई हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२३ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन ।

त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार २३५ छ । यसैगरी, पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार २९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।