• १० मंसिर २०८१, सोमबार

नेपालको टी–२० वरीयता खस्कियो

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ १३ गते । नेपालको टी–२० क्रिकेट वरीयता एक स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५औं स्थानमा पुगेको छ । यसअघि नेपाल १४औं स्थानमा थियो । 

वरीयता खस्किएसँगै नेपालको सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टी–२० विश्वकपमा सोझै छनोट हुने सम्भवना समेत कमजोर बनेको छ । आईसीसीले वरीयताको शीर्ष १२ मा रहने टोलीलाई सोझै विश्वकपमा सामेल गराउँछ ।

नेपाली टोली वरीयता सुधार गर्ने लक्ष्यका साथ अहिले केन्या भ्रमणमा छ । केन्यासँग नेपालले पाँच खेलको टी–२० सिरिज खेलिरहेको छ । नेपाल एकदिवसीय वरीयतामा १९औं स्थानमा छ । टी–२० को शीर्षस्थानमा भारत छ । इङ्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ ।