• १३ साउन २०८१, आइतबार

थप दुई जनामा हैजा पुष्टि, सङ्क्रमितको सङ्ख्या ७३ पुग्यो

blog

काठमाडौं, भदौ १३ गते । काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ १२ गते टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप दुई जनामा हैजा पुष्टि भएको हो । 

मन्त्रालयको तथ्याङ्क अनुसार भदौ महिला सुरु भएदेखि हालसम्म १९ जना हैजाका बिरामी थपिएका छन् ।  काठमाडौं उपत्यकामा असार २ गते पहिलो पटक हैजा पुष्टि भएको थियो । सो अवधिदेखि हालसम्म ७३ जनामा हैजा पुष्टि भइसकेको छ । जसमध्ये ३४ जना महिला र ३९ जना पुरुष छन् ।

सरकारले केस पुष्टि भएका ठाउँको ६२ वटा पानीको नमुना परीक्षण गर्दा ४१ नमुनामा दिसामा पाइने फिकल इकोलिन भन्ने जीवाणु भेएिको थियो। भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउछन् ।

पानी उमालेर पिउने, बासी फोहोर पानी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिचि साबुन पानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने चिकित्सक बताउँछन् ।