चालु वर्षको तेस्रो त्रैमास पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चबीचको असन्तुलन झन् विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चैतसम्मको सरकारको कुल प्राप्ति र खर्चबीचमा दुई खर्ब २२ अर्ब रुपियाँ बराबरको खाडल देखिएको हो । कार्यालयका अनुसार चैतसम्म सरकारले सात खर्ब २४ अर्ब ४७ करोड रुपियाँ प्राप्त गर्दा नौ खर्ब ४३ अर्ब पाँच करोड रुपियाँ खर्च गरेको छ । लक्ष्यअनुसार आम्दानी बढ्न नसक्दा सरकारको कुल आम्दानी साधारण प्रकृतिको चालु खर्चका लागि मात्र पर्याप्त हुने अवस्था सिर्जना भएको छ ।
सार्वजनिक निकायमा कानुनबमोजिम रित नपु-याई हुने कारोबार अर्थात् बेरुजुको प्रवृत्ति झन् बढ्ने क्रममा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०७८/७९ मा मात्रै एक खर्ब १९ अर्ब ७७ करोड बेरुजु थप भएको उल्लेख गरेको हो । यससँगै हालसम्म पाँच खर्ब ८७ अर्ब ३३ करोड रुपियाँ बेरुजु कायम भएको महालेखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस्तो बेरुजु २१.४५ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा थप भएको कुल बेरुजुमध्ये ३० अर्ब ४२ करोड रुपियाँ असुल गर्नुपर्ने देखिएको छ । त्यस्तै ७९ अर्ब ४५ करोड रुपियाँ नियमित गर्नुपर्ने र नौ अर्ब ८९ करोड ८८ लाख रुपियाँ पेस्की लिएको तर रुजु नभएको रकम रहेको छ ।
सरकारले आन्तरिक ऋणका रूपमा उठाउने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र वैशाखदेखि अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैङ्कसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार गरिरहेको ‘इन्भेस्टर पोर्टल’मार्फत यस्तो बचतपत्र खरिद गर्न सकिने भएको हो । अहिले परीक्षणका रूपमा रहेको उक्त पोर्टल वैशाखदेखि सर्वसाधारणका लागि खुला गरिने कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले जानकारी दिनुभयो । “अहिले हामी परीक्षणकै क्रममा छौँ,” उहाँले भन्नुभयो, “राष्ट्र बैङ्कले आगामी वैशाख/जेठमा निकाल्ने दुवै किसिमका बचतपत्र अनलाइनबाटै खरिद गर्न सक्ने गरी तयारी गरिरहेका छौँ ।”
स्वदेशी टेलिभिजन च्यानल वितरकहरूले लामो समयदेखि माग राख्दै आएको ‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त प्रणाली सुरु भएको जानकारी दिएको हो । यो प्रणाली कार्यान्वयनमा आएसँगै टेलिभिजन च्यानलहरूको सिग्नल वितरण गर्ने केबुल, एमएसओ, डीटीएच, आईपीटीभीजस्ता संस्थाले उपभोक्ताबाट लिन पाउने शुल्कमा एकरूपता कायम भएको छ ।
विश्वभर हरेक क्षण इन्टरनेटमा नयाँ–नयाँ कन्टेन्टहरू थपिइरहन्छन् । भाइबहिनीले पनि याद गरेकै हुनुपर्छ, हरेक पटक युट्युब चलाउँदा होस् अथवा टिकटक, नयाँ–नयाँ भिडियो आइरहेकै हुन्छन् । फेसबुक, इन्स्टाग्राममा पनि नयाँ फोटो अनि भिडियो उत्तिकै आइरहेका हुन्छन् । यसबाहेक इन्टरनेटमा त्यस्ता करोडौँ साइट छन् जहाँ हरेक पल लाखौँ, करोडौँ नयाँ सामग्री अपलोड भइरहेका हुन्छन् । इन्टरनेटमा हरेक दिन थपिने यी कन्टेन्टहरू कतै न कतै सुरक्षित राखिएका हुन्छन् । त्यसरी सुरक्षित राखिएकै कारण हामीले खोजेको समयमा त्यस्ता कन्टेन्ट इन्टरनेटमा सहजै उपलब्ध हुन्छन् । यसरी इन्टरनेटका कन्टेन्ट सुरक्षित राखिने ठाउँ हो डेटा सेन्टर । इन्टरनेटको अत्यधिक प्रयोग बढेपछि डेटा सेन्टर पनि एकदमै चर्चित हुन थालेको छ ।
विभिन्न कारणले अस्तित्व नै गुमाएका २९ वटा सार्वजनिक संस्थामा सरकारको करिब दुई अर्ब रुपियाँ ऋण लगानी छ । दायित्व फरफारक गरेर मात्र संस्था बन्द वा निजीकरण गर्नुपर्नेमा त्यसो नगर्दा एक अर्ब ९३ करोड २७ लाख रुपियाँ ऋण बक्यौता रहेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको सार्वजनिक संस्थामा सरकारको लगानीसम्बन्धी प्रतिवेदनले आव २०७८/७९ सम्म त्यस्ता संस्थाको नाममा एक अर्ब ७६ करोड ६१ लाख रुपियाँ आन्तरिक र १६ करोड ६६ लाख रुपियाँ वैदेशिक ऋण लगानी रहेको उल्लेख गरेको छ ।
देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को पूर्ण नतिजाअनुसार देशभर एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ । यस हिसाबले कुल जनसङ्ख्याको ५३ दशमलव ७९ प्रतिशत आयआर्जनमा संलग्न देखिएको हो ।
राजस्व सङ्कलन खुम्चिँदा मुलुकको वित्तीय घाटा फराकिलो बन्दै गएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुन मसान्तसम्म सरकारको कुल आम्दानीको तुलनामा डेढ खर्ब रुपियाँभन्दा बढी खर्च भएको छ । फागुनसम्म सरकारले सबै शीर्षकमा छ खर्ब २२ अर्ब ७८ करोड रुपियाँ आम्दानी गरेको छ । यस अवधिमा सरकारले पाँच खर्ब ८२ अर्ब ७७ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । राजस्वअन्तर्गत कर राजस्वबापत पाँच खर्ब २६ अर्ब ४७ करोड रुपियाँ सङ्कलन भएको छ भने ५६ अर्ब २९ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ ।
तर्क गर्न सक्ने, आफू अनुकूल निर्णय गर्न सक्ने, सिर्जना गर्न सक्नेजस्ता विशिष्ट गुणकै कारण मान्छे अरू प्राणीको तुलनामा अलग छ । आफ्नो यही क्षमताको उपयोग गर्दै समयक्रममा अनेकौँ आविष्कार र निर्माण गरेर मान्छेले आफूलाई सबल स्थापित गरिरहेको छ । तर, मान्छेको सोच र क्षमताका सीमा छन् । अनेक प्रश्नको उत्तर, समस्याको समाधान पत्ता लगाउन मान्छेले लामो समय खर्चिनुपर्छ । आफ्नै विवेक प्रयोग गरेर पनि सफलता प्राप्त गर्ने सुनिश्चितता हुँदैन ।
हरेक फेब्रुअरी महिनाको दोस्रो हप्ता विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइन्छ । विश्वभर नै इन्टरनेट चलाउनेको सङ्ख्या बढ्दै गएपछि त्यसको कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ भन्ने चेतना जगाउने उद्देश्यसहित यो मनाउन थालिएको हो । यस दिन विश्वका धेरै देशले इन्टरनेट प्रयोग गर्दा भएका कठिनाइ, समस्या र असुरक्षाका विषयमा विभिन्न किसिमका कार्यक्रम आयोजना गर्छन् । इन्टरनेट सुरक्षासँग सम्बन्धित रहेर मानिसलाई सचेत बनाउने विभिन्न किसिमका सामग्री पनि प्रस्तुत गर्छन् । नेपालमा प
इन्टरनेट नचले अबदेखि त्यसको क्षतिपूर्ति पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा अथवा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट तोकिएको समयमा नचले क्षतिपूर्ति दिने व्यवस्था लागू गरेको हो । ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९’ जारी गर्दै प्राधिकरणले इन्टरनेट नचले सेवाप्रदायकले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था गरेको हो । यस्तो व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाएको छ । आयोगअन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षका लागि राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दै नयाँ बजेटको सिलिङ कम गरेको हो । समितिले आव २०८०/८१ को बजेटका लागि १६ खर्ब ८८ अर्ब रुपियाँको सीमा निर्धारण गरेको हो । यो सीमा चालू आर्थिक वर्षको सुरु बजेटको तुलनामा एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँले कम हो । चालू आर्थिक वर्षकै लागि आयोगले निर्धारण गरेको खर्च सीमाको तुलनामा भने आगामी आर्थिक वर्षको सीमा ५७ अर्ब रुपियाँले कम हो । चालू आर्थिक वर्षका लागि आयोगले सुरुमा १७ खर्ब ४५ अर्ब रुपियाँको खर्च सीमा निर्धारण गरेको थियो तर सरकारले उक्त सीमा नाघेर चालू आर्थिक वर्षको बजेट विनियोजन गरेको थियो ।
एक वर्षअघिदेखि घट्न थालेको वस्तु आयात घट्ने क्रम जारी छ । नेपाल राष्ट्र बैङ्कले गत वर्षको पुसदेखि वस्तु आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था लागू गरेपछि आयात ओरालो लागेको हो । भन्सार विभागले बुधबार सार्वजनिक गरेको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत वर्षको माघको तुलनामा यस वर्ष सोही महिनाको वस्तु आयात करिब सवा दुई खर्बले रुपियाँ घटेको छ । सरकारले केही वस्तुमा लगाएको प्रतिबन्ध पुसमा हटेको भए पनि आयात बढेन । आयात घट्दा मुलुकबाट बाहिरिने रकम बचत त भएको छ तर सरकारको राजस्वको मुख्य आधारका रूपमा रहेको भन्सार राजस्व सङ्कलनमा भने दबाब बढेको छ ।
सङ्घीय संसद्को प्रतिनिधि सभामा माघ २९ गते चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार करिब दुई खर्ब ४४ अर्ब रुपियाँले घटाएको जानकारी गराउनुभयो ।
राजस्व सङ्कलनले नकारात्मक वृद्धिको लय समातेपछि सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटको आकार घटाएको छ । आन्तरिक तथा बाह्य कारणले बजेटको स्रोतमाथि दबाब परेपछि सरकारले सुरु विनियोजनको तुलनामा १३.५९ प्रतिशतले बजेट घटाएको छ ।