विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बबरमहल भवनको प्रबलीकरण सकिएको छ । दुई वर्षभित्र प्रबलीकरण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि चार वर्षमा काम सम्पन्न भएको हो । यसका लागि करिब एक अर्ब रुपियाँ लागेको छ । प्रबलीकरण गरिएको बबरमहल अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने क्षमताको भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताउनुभयो ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडालले द्रुतमार्गको काठमाडौँतिरबाट शून्य बिन्दु ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो ।
अबको २८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाईडाङबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीसँगै करिब आठ महिनादेखि बन्द रहेको मेलम्चीको पानी वितरणको बाटो खुलेको छ ।
प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ । सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहँदा बाढीपहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै हुन सकेको छैन । वर्षायाम सकिएको तीन महिना सकिँदा पनि मेलम्चीको पानी काठमाडौँ आउन नसक्दा सर्वसाधारण ट्याङ्करको पानी किनेर पिउन बाध्य छन् । गत वर्ष मङ्सिरको पहिलो सातादेखि नै पानी वितरण सुरु भइसकेको थियो ।
चीन सरकारले प्रस्तावित नेपाल–चीन पहिलो अन्तर्देशीय केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। चीनमा सम्पन्न रेलमार्गबारे समीक्षा बैठकमा चिनियाँ पक्षले सो प्रतिबद्धता गरेको बैठकमा सहभागी रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले जानकारी दिनुभयो। नेपाल–चीन सचिवस्तरीय रेलवे संयन्त्रको बैठकमा सहभागी भई स्वदेश फर्कनुभएका महानिर्देशक बिसुरालले प्रस्तावित सो रेलमार्ग निर्माणलाई चीन सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँमा छिट्टै वितरण हुने बताउनुभएको छ । उहाँले मेलम्चीबाट काठमाडौँमा पानी पठाउन बाढी र पहिरोबाट क्षतिग्रस्त हेडवक्र्सको काम तीव्र गतिमा भइरहेको बताउँदै गत वर्षको तुलनामा यो वर्ष मुहानस्थलमा बढी नै क्षति पु¥याएकाले पानी वितरण केही ढिलो भएको स्पष्ट पार्नुभयो ।
नेपाल र चीनबिचको मित्रताको ‘प्रतीक’ का रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्ग अन्तर्गत नुवाकोट खण्डको हवाई सर्वेक्षण (एरियल सर्भे) सम्पन्न भएको छ । हाल चीनमा रहनुभएका रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले नुवाकोट खण्डको हवाई सर्वेक्षण सम्पन्न भएर अहिले रसुवा खण्डको सर्वेक्षण सुरु भएको जानकारी दिनुभयो । “रसुवा खण्डको सर्वेक्षणपछि काठमाडौँ खण्डको काम सुरु हुन्छ,” उहाँले भन्नुभयो, “अहिले चीनको प्राविधिक टोलीले ड्रोनमार्फत तस्बिर र भिडियो खिचेर सर्वेक्षण गरिरहेको छ । सो सर्वेक्षण गर्न गत वर्ष पुसको अन्तिम साता चीनको रेलवे प्राविधिक टोली नेपाल आएको थियो ।”
एक वर्षमा देशभर लैङ्गिक हिंसाका २० हजार ८८० घटना भएका छन् । यी त प्रहरीमा आएका घटना मात्र हुन् । प्रहरीसमक्ष नआउने घटना अझै धेरै छन् । आर्थिक वर्ष २०७९/८० मा सो सङ्ख्यामा लैङ्गिक हिंसासम्बन्धी उजुरी परेको र मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसा अपराधमा घरेलु हिंसाको हिस्सा ८० प्रतिशत रहेको छ । प्रहरीका अनुसार सो अवधिमा घरेलु हिंसाका १६ हजार ५१९, जबरजस्ती करणीका दुई हजार ३८७, जबरजस्ती करणी उद्योगका ५१८, अपहरण तथा जबरजस्ती करणीका ५९, जबरजस्ती करणी गरी कर्तव्य ज्यानका पाँच, मानव बेचबिखन तथा जबरजस्ती करणीका १० वटा घटना भएका छन् ।
विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको प्रबलीकरण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबार अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने क्षमताको रहेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताउनुभयो । प्रबलीकरण सकिएसँगै प्रधानमन्त्रीको कार्यालय पश्चिमी मोहडामा सारिएको छ । भूकम्पपछि प्रधानमन्त्रीको कार्यालय तत्कालीन गृह मन्त्रालय रहेको भवनमा सारिएको थियो । त्यहाँबाट यसअघि प्रधानमन्त्री कार्यालय मुख्य प्रशासनिक भवनको पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग) स्थानान्तरण भएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुधबार पूर्वी मोहडाबाट पश्चिमी मोहडामा स्थानान्तरण भएको हो । आयोजना प्रमुख कोषनाथ अधिकारीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पश्चिमी मोहडा पहिलो तलाको पश्चिम–दक्षिण कुनामा स्थानान्तरण भएको हो ।
छठको समापनसँगै सामाचकेवा पर्व सुरु भएको छ । विशेष गरी नेपालको तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामाचकेवा कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ । छठ जस्तै यो पर्व पनि केही वर्षयता राजधानीमा पनि मनाउन थालिएको छ । दाजुभाइ र दिदीबहिनीबिचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्व दिदीबहिनीले आफ्ना दाजुभाइको सु–स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै मनाउने गर्छन् ।
आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी मनाइने छठ पर्व आज (आइतबार) देखि सुरु भएको छ । यस पर्वले धनी, गरिब, मधेशी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहतप्कामा लोकप्रियता हासिल गर्दै आएको छ । केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र मनाइने गरिएको छठ पर्व अचेल काठमाडौँलगायत मुलुकका विभिन्न सहरमा समेत धुमधामका साथ मनाइन थालिएको छ । यो पर्व षष्ठी (आइतबार) का दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रारम्भ हुन्छ भने सप्तमी (सोमबार) का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ ।
काठमाडौँ–तराई/मधेश द्रुतमार्गमा ‘हाइब्रिज’ का लागि धरहराभन्दा अग्ला खम्बा निर्माण भइरहेका छन् । आयोजनाका अनुसार धरहराको भुइँ सतहदेखि गजुरसम्म कुल उचाइ ७८ मिटर रहेकोमा दु्रुतमार्गमा निर्माण हुने ‘हाइब्रिज’ मा ८२ मिटरसम्मका खम्बा निर्माण भइरहेका छन् । काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना, सडक निर्माण कार्यदल बेसक्याम्प लेनडाँडाका प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले द्रुतमार्गमा पुलको काम धमाधम भइरहेको बताउनुभयो । उहाँले पुलका लागि ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज एकदेखि पाँचसम्म ४५ वटा पुलका लागि कुल एक हजार ७६८ पाइलमध्ये एक हजार १७५ वटा पाइलको काम सम्पन्न भएको बताउनुभयो । आयोजना अन्तर्गत निर्माण गरिने ८९ वटा पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर हुने छ ।
यो वर्ष मेलम्चीको पानी वितरण अनिश्चित बनेको छ । विगतको तुलनामा यो वर्षको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा मुख्य बाँधमा बढी मात्रामा माटोको लेदो र गेग्य्रान थुपारे पनि अहिलेसम्म त्यसलाई हटाउने काम सुरु हुन सकेको छैन । यस पटकको बाढीपहिरोले आयोजनाको मुहान र हेडवक्र्सका साथै आयोजनाको गेट नम्बर ९ र १० पूर्ण रूपमा पुरिएको छ । बाढीपहिरोले आयोजनाको हेडवक्र्स र मुख्य बाँधमा पुग्ने पहुँच मार्ग बगाउँदा त्यसको मर्मत निर्माण अहिलेसम्म सुरु हुन नस
सवारी चालकले चालक अनुमतिपत्र साथमा राख्नुपर्ने समस्या आंशिक रूपमा समाधान भएको छ । चालकले ट्राफिक नियम अनुसार सवारी चलाएको अवस्थासम्म चालक अनुमतिपत्र साथमा बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ‘स्मार्ट गभर्नेन्सको नयाँ यात्रा’ नाम दिइएको यस प्रावधान अनुसार चालक अनुमतिपत्र साथमा नबोके पनि अब ट्राफिक प्रहरीले जाँचका क्रममा जरिबाना तिराउने छैन । तर यसका लागि चालकले चालक अनुमतिपत्रको विवरण नागरिक एपमा राख्नु पर्छ । नागरिक एपमा राखिएको विवरणले मान्यता पाउने छ । यो प्रावधान कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयले मुलुकभरिका ट्राफिक कार्यालयलाई परिपत्र गरिसकेको छ । अहिले जाँचका क्रममा चालकले सक्कलै चालक अनुमतिपत्र देखाएपछि मात्र छाड्ने गरेको छ । चालक अनुमतिपत्र साथमा नभएको अ
कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिवेदन बुझाइएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिले कोटेश्वर–जडीबुटी सडकखण्डमा अन्डरपास र फ्लाइओभर निर्माण हुने बताउँदै त्यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अध्ययन गरेर सोको प्रतिवेदन सडक विभागलाई बुझाएको जानकारी दिनुभयो । कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम समस्या समाधान उपायसहितको अध्ययन गर्न सरकारले जाइकालाई जिम्मेवारी दिएको थियो ।