सहरी विकास मन्त्रालयले वर्तमान सरकार गठन भएको एक सय दिनमा ४० वटा झोलुङ्गे पुल र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ । यस अवधिमा ५० वटा झोलुङ्गे पुल
मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौँ–तराई/मधेश द्रुतमार्गको एक तिहाइभन्दा बढी काम सम्पन्न भए पनि काठमाडौँबाट प्रस्थान विन्दु (शून्य किलोमिटर) का रूपमा रहेको ललितपुरको खोकनाको विवाद अझै टुङ्गिएको छैन ।
बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा हुने भएको छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मा
भीषण वर्षाका कारण सङ्घीय राजधानी काठमाडौँ जोड्ने अवरुद्ध भएका राजमार्ग तथा सडक सञ्चालनमा आउन थालेका छन् ।
अहिले पहिरोका कारण मुलुकका अधिकांश राजमार्ग र सडक दैनिक जसो अवरुद्ध हुने गरेका छन् ।
बाढीपहिरोले अवरुद्ध भएको सडक खुलाउन नेपाली सेनाको सहयोग लिने तयारी भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षा मन्त्रालयले गृहकार्य थालेका छन् ।
वर्षा र बाढीपहिरोले ४३ वटा राजमार्ग/सडकका ७९६ स्थान अवरुद्ध भएकामध्ये ३४५ स्थानमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । त्यसै गरी ४०९ स्थानमा एकतर्फी सडक सञ्चालनमा आएकोे सडक विभागले जनाएको छ ।
अविरल घनघोर वर्षा र त्यसैका कारण आएको बाढीपहिरो र डुबानले सङ्घीय राजधानी काठमाडौँ सडक सञ्जाल सम्पर्कबाट अलग हुँदा सुरुङमार्ग सहारा बनेको छ ।
यस वर्षको दसैँअघि नै सर्वोच्च अदालतका न्यायाधीशहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्री निवासमा सर्नुहुने भएको छ ।
काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । काठमाडौँ उपत्यकाको दक्षिण–पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यले यसअघि प्रायः तराईका जिल्लाको पानीमा निर्धारित मापदण्डभन्दा बढी भेटिने आर्सेनिक काठमाडौँ उपत्यकामा समेत भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा ललितपुरको इमाडोल, टीकाथली, बाँझेपोखरी, सानेपा, काठमाडौँको बल्खु, स्युचाटार र भक्तपुरको बालकोट क्षेत्रको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको हो । काठमाडौँको अन्य क्षेत्रको पानीमा अहिलेसम्म मापदण्डभन्दा बढी आर्सेनिक नभेटिएको उहाँले स्पष्ट पार्नुभयो ।
सङ्घीय सरकारका मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्रीनिवासबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न मन्त्रीनिवास सर्न सुरु गर्नुभएको छ । अहिलेसम्म पाँच जना मन्त्री भैँसेपाटी निवासमा सर्नुभएको सहरी विकास मन्त्रालयले जनाएको छ । यसै गरी राष्ट्रिय सभाका उपाध्यक्षसमेत भैँसेपाटीस्थित नवनिर्मित भवनमा सर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कार्यक्रम र आयोजना थप नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले बाटो छोटिने, दुर्घटना कम हुने र बढीभन्दा बढी जनता लाभान्वित हुने गरी पूर्वाधार निर्माणलाई अगाडि बढाउनसमेत निर्देशन दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को दुई दिवसीय वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो ।
काठमाडौँ उपत्यकाको सरसफाइको अवस्था अहिले चुस्त छ । सामान्यतः आर्थिक वर्ष समाप्त हुने र नयाँ आव लाग्ने सङक्रमणको समयमा उपत्यकामा हुने फोहोरको सकस यस पटक बेहोर्नु परेन । विगतमा हरेक वर्ष जसो असार र साउनमा विभिन्न माग राखी काठमाडौँको फोहोर व्यवस्थापन अवरोध हुन्थ्यो । एक/एक महिनासम्म फोहोर नउठेर काठमाडौँको चोक र गल्ली दुर्गन्धित बन्थे । फोहोर व्यवस्थापनको अवरोध हटाउन सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र स्थानीयवासीबिच पटक पटक वार्ता र संवाद हुन्थ्यो ।
काठमाडौँको सुन्धारास्थित धरहरा पुनर्निर्माणका लागि सातौँ पटक म्याद थप गरिएको छ । सातौँ पटक २०८१ असोज २० गतेसम्मका लागि म्याद थप गरिएको सम्बन्धित निकायले जनाएको छ । यसअघि छैटौँ पटक थप गरिएको म्याद गत वर्षको माघ ४ गते सकिएको थियो ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइ काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ (कङक्रिट लाइनिङ) को काम भइरहेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा आइतबार गरिएको स्थलगत अनुगमनमा सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको ७६ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । त्यसै गरी आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । अनुगमन टोली नागढुङ्गातर्फबाट सुरुङमार्गमा प्रवेश गरी धादिङको सिस्नेखोला निस्केका थिए ।