• १३ असोज २०८२, सोमबार

वृद्ध महिला मृत फेला

blog

अनिल पराजुली

हेटौँडा, असोज १३ गते । पूर्वी मकवानपुरको बकैयामा एक वृद्ध महिलाको शव फेला परेको छ । बकैया गाउँपालिका –६ सिरवान बस्ने ७० वर्षीय कान्छीमाया थिङ मृत अवस्थामा फेला पर्नुभएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बारा निजगढ गाउँपालिका –१२ रामथलीस्थित छोरीको घरबाट बकैया आफ्नो घरतर्फ जान्छु भनी असोज ११ गते साँझ हिँडेकोमा घरमा नपुगी सम्पर्कविहीन हुनुभएको थियो । आफन्तहरूले खोजतलास गर्दै जाने क्रममा आइतबार दिउँसो १ बजेर ३० मिनेटको समयमा आफ्नो घरबाट अन्दाजी ५०० मिटर पश्चिमतर्फ बकैया गाउँपालिका –६ सिरवान जङ्गलको गोरेटो बाटोबाट अन्दाजी ३५ फिट तल लडी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । 

अनुसन्धान टोली खटीगई घटनास्थल मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाएको उहाँले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।