मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवर्क्स) सारिने भएको छ। अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवक्र्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ। समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको जानकारी दिनुभयो। एडिबी सो आयोजनाको दातृ निकाय हो। मेलम्ची खोलामा आएको पटक पटकको बाढीपहिरोले सो हेडवर्क्स क्षतिग्रस्त हुँदै आएको छ।
स्थानीयको विभिन्न माग र अवरोधका कारण केही समय बन्द रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु गरिएको छ । सुरुङ मार्गको पूर्वी पोर्टल क्षेत्रका स्थानीयहरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबिच सहमतिपछि निर्माण कार्य पुनः सुरु भएको हो ।
सरकारले तराई/मधेशमा खानेपानीको स्रोतका रूपमा रहेको ट्युबेललाई विस्थापित गर्दै डिप बोरिङलाई प्राथमिकता दिएको छ । खानेपानी मन्त्रालयले तराई क्षेत्रका विशेष गरी गाउँघर र विपन्न बस्तीमा सञ्चालन गर्दै आएको ट्युबेल जडान कार्यक्रम बन्द गरेको छ। सरकारी अनुदानमा सञ्चालित सो कार्यक्रम अन्तर्गत जडान गरिएका कतिपय ट्युबेलको पानीमा हानिकारक रासायनिक तत्त्व भेटिएपछि सो कार्यक्रम नै बन्द गरिएको खानेपानी मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले आमनागरिकलाई शुद्ध पानी खुवाउने उद्देश्यसहित सञ्चालित सो कार्यक्रम अन्तर्गत जडान गरिएका कतिपय ट्युबेलको पानीमा स्वास्थ्यका लागि हानिकारक आर्सेनिक र अमोनिया जस्ता रासायनिक तत्त्व भेटिएकाले सो कार्यक्रम नै बन्द गरिएको जानकारी दिनुभयो।
नौ दिनदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृहको प्रवेशद्वारअगाडि सत्याग्रह गरिरहेका अभियन्ता ईःसँग सहमति भएको छ तर उक्त सहमति काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभागृहबाट झिटीगुन्टा कसेर निस्किएपछि मात्र भयो । ईःलाई गेटमै छलेर महानगरपालिकाले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लगायतको कार्यालय बुधबारदेखि कमलादीस्थित काठमाडौँ प्लाजामा सारेको थियो। त्यही कार्यालयबाट राति चारबुँदे सहमति भएर ईःको सत्याग्रह टुङ्गिएको हो।
सूर्यविनायक–रत्नपार्क सडकमा सञ्चालनमा ल्याइएको द्रुत बस सेवालाई कतिपय ठाउँका पूर्वाधार निर्माण पूरा नभएका कारण सवारी आवागमन अरू असहज बनेको छ। विशेष गरी माइतीघर–सूर्यविनायक छ लेन सडकको कोटेश्वर–जडीबुटी खण्डको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिण दुवैतिरको सर्भिस लेन नबन्दा उक्त सडकखण्डमा ट्राफिक समस्या झन् बढेको छ।
ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य पुनः सुरु भएको छ । फ्लाइओभरको नयाँ डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य पुनः सुरु भएको हो । गत माघको अन्तिम सातामा काम सुरु गरिएको फ्लाइओभरको निर्माण असारमा रोकिएको थियो । डिजाइनमा त्रुटि भएको र आवश्यक उपकरण उपलब्ध हुन नसकेको भन्दै निर्माण रोकिएको थियो ।
सरकारले संविधान दिवसका अवसर पारेर असोज ३ गतेदेखि सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनमा ल्याउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई, मन्त्रालयका सचिव केशवकुमार शर्मा, यातायात व्यवस्था विभागका महानिर्देशकसहित मन्त्रालयमा बसेको बैठकले ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्री ज्वालाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा यात्रीले आफूले चाहेको समयमा गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्यसहित असोज ३ गतेदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।
ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ । यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिनुका साथै डिजाइन अनुसार उपकरण उपलब्ध नहुने भएपछि पुनः डिजाइन गरिएको थियो । यसरी तयार गरिएको नयाँ डिजाइन सडक विभागले स्वीकृत गरेको हो ।
लगानीकर्ताको सर्तका कारण भूकम्पले क्षतिग्रस्त भएको पुल्चोकस्थित हरिहर भवनको पुनर्निर्माण कार्य अत्तोपत्तो छैन। बेवारिसे बनाइएको राणाकालीन सो दरबार खण्डहर बन्न पुगेको छ। घाँस र झारले भवन पूरै ढाक्न थालिसकेको छ। भूकम्पबाट क्षतिग्रस्त भएका सरकारी भवनको प्रायः पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ भने कतिपयको अन्तिम चरणमा पुगेको छ तर हरिहर भवन भने बेवारिसे जस्तै बन्न पुगेको छ। भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणका लागि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विघटन भइसक्दा पनि हरिहर भवनले पुनर्जीवन पाउन नसक्दा यसका पञ्जर पूर्ण रूपमा जीर्ण हुँदै गएका छन्। भवनको बाहिरी स्वरूप हेर्दा धरापको अवस्थामा पुगेको देखिन्छ।
दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो । ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको जानकारी दिनुभयो ।
काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत मार्गमा थप तीन वटा सुरुङ निर्माण गरिने छन्। सबै गरेर सुरुङको कुल लम्बाइ ८.६ किलोमिटर पुग्ने छ। अहिले तीन वटा सुरुङ निर्माण भइरहेका छन्।
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजना अन्तर्गतको आपत्कालीन उद्धार सुरुङ छिचोलिएको छ । सोमबार अन्तिम विस्फोट गराएर सो सुरुङ मार्ग छिचोलिएको हो । विस्फोटसँगै छिचोल्न बाँकी रहेको एक मिटर भाग भत्केर सुरुङ वारपार भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘स्विच’ थिचेर अन्तिम विस्फोट गराउनुभएको थियो । यो सुरुङ मार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर छ ।
निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सोमबार छिचोलिने भएको छ। अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिँदै छ। नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले आयोजनाको आपत्कालीन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिने जानकारी दिनुभयो। “भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम तय भएको छ,” उहाँले भन्नुभयो, “दुई हजार ५५७ मिटरमध्ये दुई हजार ५५६ मिटर खन्ने काम पूरा भइसकेको छ। छिचोल्नका लागि अब एक मिटर खने पुग्छ।”
बौद्ध धर्म संस्कृतिसँग सम्बन्धित व्यक्तिले लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएका व्यक्ति वा धर्मगुरु नियुक्ति हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । यही साउन १५ गते कोषका वर्तमान उपाध्यक्षको कार्यकाल समाप्त भएको सन्दर्भमा गोरखापत्रसँग कुरा गर्दै उहाँहरूले कोषको गरिमामय पदका लागि विवादित व्यक्ति उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो ।
पन्ध्रौँ पञ्चवर्षीय योजना (२०८०/८१) को अवधिभित्र सक्नुपर्ने राष्ट्रिय गौरवका अधिकांश आयोजनाको काम लक्ष्य अनुसार अगाडि बढेको छैन। पन्ध्रौँ पञ्चवर्षीय योजनाको अवधि सकिन एक वर्ष पनि बाँकी छैन तर अहिलेसम्म मेलम्ची खानेपानी आयोजना (अस्थायी रूपमा), माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, भैरहवा र पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबाहेक अन्य राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षाभन्दा न्यून देखिएको छ।