पन्ध्रौँ पञ्चवर्षीय योजना (२०८०/८१) को अवधिभित्र सक्नुपर्ने राष्ट्रिय गौरवका अधिकांश आयोजनाको काम लक्ष्य अनुसार अगाडि बढेको छैन। पन्ध्रौँ पञ्चवर्षीय योजनाको अवधि सकिन एक वर्ष पनि बाँकी छैन तर अहिलेसम्म मेलम्ची खानेपानी आयोजना (अस्थायी रूपमा), माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, भैरहवा र पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबाहेक अन्य राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षाभन्दा न्यून देखिएको छ।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समस्या पुनः बल्झिएको छ। नुवाकोटको ककनी नगरपालिका र धादिङको धुनिबेँसी गाउँ पालिकाका स्थानीयवासीले बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जनका लागि सोमबार फोहोर लिएर गएका गाडीलाई बाटैमा रोकेपछि फोहोर व्यवस्थापनको समस्या पुनः बल्झिएको हो।
व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् । त्यही अप्ठ्यारोलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकाका व्यस्त चोकहरूको सुधार सुरु भएको छ । परीक्षणका लागि नयाँ बानेश्वर चोकमा सुधार कार्य सुरु भएको छ । दायाँ मोडमा विश्राम क्षेत्र अर्थात् ‘राइट टर्निङ होल्डिङ जोन’ नाम दिइएको सुधारको काम जापानी सहयोग नियोग जाइकाको सहयोगमा हुन थालेको हो ।
बलम्बुमा निर्माणाधीन मुलुककै पहिलो फ्लाइओभरको काम आधाभन्दा बढी सम्पन्न भएको छ । फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डमरूले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले तीव्र रूपमा आयोजनाको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार फ्लाइओभरको सहायक संरचनाका रूपमा निर्माण गर्नुपर्ने पाँच वटा पाइलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यसै गरी एउटा पाइलको जग हाल्ने काम सम्पन्न भइसकेको छ । फ्लाइओभरको निर्माण अवधि सन् २०२४ अप्रिल २५ सम्म रहेको छ ।
तुलसी दास र कवीर दासपछि भाषासाहित्यको क्षेत्रमा लोकप्रिय व्यक्तित्व हुन् – भिखारी ठाकुर । ठाकुरले समाजका शोषित, पीडित र सदियौँदेखिको दमित आवाजलाई आफ्नो सिर्जनाको मुख्य विषयवस्तु बनाउनुभयो । मातृभाषा भोजपुरीमा तत्कालीन नारी समाजको चित्रण गर्दै उहाँले आफ्नो पहिलो नाटक ‘विदेशिया’को रचना गर्नुभयो, जुन नेपाल र भारतलगायत विभिन्न मुलुकमा चर्चाको शिखरमा रह्यो ।
आवश्यक अध्ययन र तयारीबिना ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माण थालिएको फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) को काम रोकिएको छ। निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माण रोकिएको हो। निर्माणस्थलमा चक्रपथको कालोपत्रे उप्काइएको छ भने सडकबिचमा राखिएको विभाजक ‘डिभाइडर’ हटाइएको छ। यसैकारण पाँच महिनादेखि सो क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आउएको छ तर अहिले त निर्माण रोकिएको छ। गत माघ २८ गतेदेखि सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो।
भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने कोभिड–१९ बाट सङ्क्रमित भएकालाई राख्न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र प्रयोगविहीन बनेका छन्। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म नेपाल–भारत सीमामा विभिन्न सात ठाउँमा निर्माण गरिएका ती होल्डिङ सेन्टर प्रयोगविहीन बन्नुका साथै त्यसको स्वामित्व कसले लिने भन्ने विषय अन्योल बनेको छ।
प्रकृतिको क्रिडाभूमि, ऋषिमुनिको तपोभूमि र वीर सपुतहरूको जन्मभूमि नेपालमा विभिन्न जातजाति, भाषा संस्कृति र धर्मावलम्बीको बसोबास भए पनि साम्प्रदायिकताको गन्ध नआउने मुलुक हो नेपाल। यहाँका करिब तीन करोड नेपालीले तेत्तीसकोटी देवीदेवतालाई पुज्ने गर्दछन्। चाडपर्व, रीतिरिवाज, संस्कृति र जात्रा नभएको दिन यहाँ वर्षभरिमा बिरलै पाइन्छ। नेपालमा मनाइने अनेकन चाडप
पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुला रूपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले सुरु गरेको कानुनी प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन ।
मुलुकमा बुधबारदेखि मनसुन भित्रिएको छ तर यस वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने विषयमा मेलम्ची खानेपानी आयोजना अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। तथापि सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी निरन्तर आउने सम्भावना बढेको आयोजनाले जनाएको छ।
सडक विभागले विगतमा झैँ यस वर्ष पनि ‘असार १ गतदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने’ सूचना बिहीबार जारी गरेको छ। सो अवधिमा सडक विभागमातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ। सडक विभागले विगतदेखि नै जेठको अन्त्यतिर यस्तो सूचना सार्वजनिक गर्दै आए पनि नेपाल विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, ढल मर्मत गर्नेलगायतका निकायले सडक विभागको यो सूचनालाई टेर्दैनन्। आफ्नो आवश्यकता अनुसार सडक खन्ने गर्छन्।
मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पु-याएको दुई वर्ष पुग्न लाग्दा पनि सो क्षेत्रमा बाढीपहिरोको रोकथाम तथा सोबाट हुन सक्ने जिउधनको क्षति रोक्न कुनै उपाय अपनाइएको पाइएको छैन । दुई वर्षअघि २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले सो क्षेत्रमा ठुलो जनधनको क्षति पु¥याएको थियो ।
राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ। परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ। परिचपत्र निर्माणसम्बन्धी काम गर्ने कम्पनीको सम्झौता थप हुन नसक्दा परिचयपत्र निर्माणसम्बन्धी सम्पूर्ण काम अवरोध भएको हो।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट ३६ अर्ब रुपियाँले कटौती गरिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रममा आगामी वर्षमा सो मन्त्रालयका लागि एक खर्ब ३१ अर्ब ३९ करोड रुपियाँ बजेट विनियोजन गरिएको बताउनुभयो। चालु आर्थिक वर्षमा सो मन्त्रालयका लागि एक खर्ब ६७ अर्ब १८ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो।
मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भई १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी आज देशव्यापी रूपमा गणतन्त्र दिवस मनाइँदै छ । मुलुकको शासन व्यवस्थामा नै आमूल परिवर्तन भई गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको दिनको अवसरमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।