• ६ जेठ २०८१, आइतबार

‘प्रकाश’ सर्वोत्कृष्ट फिचर फिल्म

blog

काठमाडौँ, असार २७ गते ।  ११ औँ संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२३ मा नेपाली चलचित्रको प्रतिस्पर्धामा दिनेश राउतको ‘प्रकाश’ उत्कृष्ट भएको छ । प्रकाशबाटै विकास सुवेदीले सर्वोत्कृष्ट स्क्रिप्टको अवार्ड, प्रकाश चलचित्रकै मान्छे मान्छे गीतबाट एलिस कार्कीले उत्कृष्ट सङ्गीतकारको अवार्ड प्राप्त गर्नुभएको छ ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फ घानाको सर्ट फिल्म ‘या’ बाट निर्देशक इसी ह्यामोहले जुरी अवार्ड जित्नुभएको छ । उत्कृष्ट अफ्रिकन वृत्तचित्रको अवार्ड जिम्बाब्वेको वृत्तचित्र ‘कलिङ द डेड’ ले हासिल गर्दा केन्या र जर्मनको कात्जा बेनरज निर्देशित सर्ट फिल्म ‘वाटु वाटो’ ले उत्कृष्ट अफ्रिकन लघु चलचित्रको अवार्ड हासिल ग-यो । लिसिनियो एजेभेदो निर्देशित मोजाम्बियाको फिल्म ‘द ट्रेन अफ साल्ट एन्ड सुगर’ ले सर्वोत्कृष्ट अफ्रिकन फिचर फिल्मको अवार्ड जित्नुभयो । 

काठमाडौँको नाचघरमा प्रदर्शन भएका चलचित्रबाट विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा सर्वोत्कृष्ट अभिनेता चलचित्र प्रेमगन्जबाट तेज गिरी,  अभिनेतृ चलचित्र भाग्यबाट नीता ढुङ्गाना, भाग्यबाटै निर्देशक रोशनकुमार श्रेष्ठ, अभिनेता यसराज (सुरज) गराचले अभिनेतातर्फको जुरी अवार्ड र सुनिल कटुवालले सहअभिनेताको अवार्ड जित्नुभयो । सर्वोत्कृष्ट सहअभिनेतृको अवार्ड चलचित्र परिवारबाट वसुन्धरा भुसालले हासिल गर्नुभयो । 

त्यस्तै समारोहमा उत्कृष्ट सिनेमाटोग्राफर चलचित्र हुक्काबाट कृष्णबहादुर थापा, सम्पादन चलचित्र परिवर्तन (द चेन्ज) बाट वीरेन्द्र भाट विपिन, छोटो चलचित्र प्रद्युम्न मिश्र निर्देशित दुविधा र उत्कृष्ट वृत्तचित्र रोशनी केसी निर्देशित डेडिकेसन (समर्पण) ले प्राप्त गरेको थियो ।