शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हरिकृष्ण ऐडी
मुगु, फागुन २३ गते । मुगुमा शनिबार दिउँसोदेखि मत गणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अधिकृत मीनबहादुर कुँवरले बिहीबार निर्वाचनको मत गणना शनिबार ४:०० बजेबाट सुरु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार एक पालिकाको एक वडाको मत एक साथ गन्ने भन्ने भएको सहमति अनुसार मत गणना सुरु गरिएको हामे । सर्वदलीय बैठकको निर्णय अनुसार मुगुमकार्मारोङ गाउँ पालिका-१, डोल्पु गाउँमा रहेको मतदान केन्द्रबाट मत गन्न सुरु गरिएको छ ।
जिल्लामा ६०.९२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल ३६ हजार १९ मतदाता रहेकामा जिल्लामा महिला मतदाता ११ हजार ५७० र पुरुष मतदाता १० हजार ५०७ गरी २२ हजार ३५२ जनाले मतदान गरेका छन् ।