• २२ वैशाख २०८१, शनिबार

रैथाने थारू आलु खेती गर्ने महिला समूहलाई कृषि उपकरण

blog

रैथाने थारु आलु खेती गर्ने कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिदैं ।

अविनाश चौधरी

धनगढी, पुस २० गते । कैलालीमा रैथाने थारु आलु गर्ने महिला कृषक समूहलाई कृषि उपकरण सहयोग गरिएको छ । कैलारी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा थारु आलु खेतीमा संलग्न कृषक समूहलाई कृषि उपकरण सहयोग दिएको हो ।

वडा नम्बर २ स्थित जागरण महिला कृषक समूहलाई दुई वटा पावर ट्रिलर र दुई वटा पानी तान्ने मोटर दिएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । 

कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरी र वडा अध्यक्ष विकास चौधरीले महिला समूहलाई कृषि उपकरण हस्तान्तरण गर्नुभयो । सो अवसरमा उपाध्यक्ष चौधरीले थारु आलु उत्पादन बढाउन कृषकलाई आग्रह गर्नुभयो । उत्पादित आलुको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने पनि उहाँको प्रतिबद्धता छ । 

रैथाने थारु आलु अन्य जातका आलुभन्दा स्वादिष्ट मानिन्छ । यो आलु मिठो रहने गरेकाले बजारको समस्या नरहेको उपाध्यक्ष चौधरीको भनाइ छ । सो गाउँपालिकामा थारु आलु उत्पादन बढाउन थारु आलु पकेटक्षेत्र बनाएर खेती गरिएको छ ।