• १२ साउन २०८१, शनिबार
blog

घाइतेहरुको अस्पतालमा उपचार हुँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, कात्तिक १८ गते । शुक्रवार राति गएको भूकम्पमा परी हालसम्म (यो समाचार तयार पारिन्जेलसम्म) रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना सङ्कलन गर्दा आठबिसकोट नगरपालिकामा २८ जना र सानी भेरी गाउँपालिकामा सात जना गरी ३५ जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार आठबिसकोट नगरपालिका वडा नम्बर ११ मा छ जना, वडा नम्बर १२ मा तीन जना, वडा नम्बर १३ मा सात जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको हो । त्यस्तै, सानीभेरी गाउँपालिका वडा १ मा चार जना, वडा नम्बर २ मा एक जना र वडा नम्बर ४ मा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पमा परी दुई वटा पालिकामा ५३ जना घाइते भएका छन् । घाइतेहरूको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँड केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


यो पनि पढ्नुहोस

जाजरकोटमा मात्रै भूकम्पबाट ३७ जनाको मृत्यु

जाजरकोट र रुकुममा २५ जनाको मृत्यु