• ७ जेठ २०८१, सोमबार

प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपील

blog

काठमाडौं, कात्तिक १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्नु भएको छ । 

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भन्नु भएको छ, ‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु। घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।  उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।’’ 

भूकम्पमा परी जाजरकोट र रुकुममा २५ जनाको मृत्यु भइसकेको छ भने थप विवरण आउने क्रम जारी रहेको छ । 

यो पनि पढ्नुहोस

जाजरकोट र रुकुममा २५ जनाको मृत्यु