• १२ साउन २०८१, शनिबार

दस लाखको नइ उपकार कोष स्थापना

blog

काठमाडौं, असोज २९ गते । नइ प्रकाशनले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको छ । यस प्रयोजनका लागि बैंकमा हाल १० लाख रुपियाँ अक्षयकोष राखिएको छ । 

साथै ‘नइ उपकार कोष’लाई बढोत्तरी गर्दै लानका निम्ति नइ प्रकाशनले  दाताहरूसँग आह्वान गरेको छ ।

 ‘नइ उपकार कोष’को अक्षयकोषमा रकम जम्मा गर्ने दाताहरूको नामावली नइको फेसबुक र वेभसाइटमा राखिनाका साथै हर साल ‘नइ अभिलेख’मा समेत प्रकाशित गरिने जानकारी नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले दिनुभयो । 

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।