• ११ मंसिर २०८१, मङ्गलबार

क्यानाडामा नेपथ्यको दोस्रो कन्सर्ट

blog

नेपथ्य ।

काठमाडौं, असोज २१ गते । नेपथ्यको दोस्रो कन्सर्ट भ्यानकुभरमा कन्सर्टको सुरुवात ‘सा कर्णाली’ म्युजिक भिडियोबाट भएको थियो भने त्यसपछि ‘मै मरी जाउँला’ गीतलाई निरन्तरता दिएको थियो ।

मञ्चमा नेपथ्य टोलीले ‘कोशीको पानी यो जिन्दगानी’बाट आफ्नो प्रस्तुति सुरु गरेको थियो । त्यसपछि ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘लामपाते सुरती’ सुनाइएको थियो ।

कन्सर्टको दसौँ प्रस्तुतिका रूपमा ब्याण्डले ‘यो जिन्दगानी’ गीत सुनाएको थियो । दर्शक तालीकै बिच गीत प्रस्तुत गर्ने क्रममा नेपथ्यका मुख्य गायक एवम् अगुवा अमृत गुरुङले पछिल्लो एक वर्षदेखि ब्याण्डले थालेको ‘मानवताका लागि सङ्गीत’ अभियानबारे पनि बोल्नुभएको थियो ।

कन्सर्टको अन्त्यतिर अमृतले ‘रेशम’ पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि कार्यक्रम अन्त्य भएको थियो ।