नेपाली साहित्यमा प्रगतिवादी अनि विद्रोहात्मक चेत भएका कवि मानिन्छन् गोपालप्रसाद रिमाल । वि.सं. १९७४ जेठ १८ गते काठमाडौँको लगनटोलमा जन्मिएका रिमालले एसएलसीमा बोर्ड फस्र्ट ल्याएका भए पनि आफ्नो औपचारिक अध्ययन भने आइएसम्मको मात्र गरे । राष्ट्रिय–अन्तर्राष्ट्रिय तत्कालीन परिस्थितिमा देखिएको जागरण अनि साहित्यप्रतिको गहिरो अभिरुचि र लगावले यिनलाई सर्जक बन्न प्रेरित ग¥यो । त्यसैको फलस्वरूप नेपाली समाजप्रतिको चिन्ता र चासोलाई यिनले साहित्य र राजनीतिमार्फत् अभिव्यक्त गर्न थाले ।
रिमालको उपस्थितिअघिसम्म नेपाली कविताले परम्परागत छन्दवादी धारलाई नै पछ्याउँदै रहेको थियो । अमेरिकी कवि वाल्ट ह्विट्सम्यानले गद्यमा कविता लेखेर अङ्ग्रेजी साहित्यमा गद्यशैली भिœयाए झैँ नेपाली साहित्यमा गद्य शैली भिœयाउने श्रेय गोपालप्रसाद रिमाललाई जान्छ । तत्कालीन समयमा छन्द परम्पराभित्र रहेर मात्र कविताहरू कोरिन्थे । छन्दविपरीतका कविता कवितै मानिँदैनथे । यस्तो अवस्थामा रिमालले गद्यमा कविता लेख्ने आँट गरे ।
‘नौलो नेपाली’ को ‘रिमाल : एक व्यक्ति अनेक दृष्टि, २०३२’ शीर्षक विशेषाङ्कमा माधवलाल कर्माचार्य लेख्छन्– “लेखनाथ, देवकोटा, बालकृष्ण सम र सिद्धिचरणको कोमलकान्त पदावलीमा अभ्यस्त भएको बेला पछि गएर रिमालको ‘छन्द न बन्धको’ अतुकान्त गद्यमा लेखिएका बोलिचालीका कुराहरूले यस्तो स्थान पाउन सक्छन् भनी सोच्नसम्म पनि सकिने कुरा थिएन (पृः १७०)” ।
रिमालमा रहेको कवित्वको विशेषतालाई चूडामणि बन्धुले यसरी औँल्याएका छन्; “भानुभक्तले रामायण लेखेको एक शताब्दीपछि मात्र रिमालले नेपाली कवितामा व्रmान्ति ल्याउन सके । वैचारिक दृष्टिले दुवैमा आकास–जमिनको फरक छ । एउटा पुरातन, अर्को नवीनतम । तर दुवैमा देखिएको वैचारिक भिन्नता काल सापेक्ष भिन्नता हो । कवि व्रmमका दृष्टिले दुवै अत्यन्त नजिक छन् । दुवैले बोलचालको सरल, सहज भाषाकोे प्रयोग गरे । दुवैले सामाजिक जीवनको मर्मलाई छुने कविता लेखे । यसरी एकातिर भानुभक्त आदिकवि भनिए; पहिला सफल कविका रूपमा देखिएका हुनाले ‘अनि रिमाल आदि गद्यकवि भनिए; त्यही सर्तमा (बन्धु ः ३२ः११८) ।”
थोरै कविता लेखेर पनि चर्चित बन्न सफल रिमालको एउटै कविता सङ्ग्रह मात्र प्रकाशित छ त्यो हो २०२० मा प्रकाशित ‘आमाको सपना’ । यो कृतिले मदन पुरस्कार पनि प्राप्त गरेको छ । यस सङ्ग्रहमा भएका उनका कवितामध्येका तीन कविता अत्यन्त चर्चित छन्; ‘आमाको सपना’ (शारदा, २०००, कार्तिकमा प्रकाशित), जङ्गी निशान हाम्रो (२००३, माघमा प्रकाशित), ‘एक जुगमा एक दिन एक चोटि आउँछ’ (२००४ सालमा प्रकाशित) ।
रिमाल मूलतः कवि भएकाले कवितामा आधुनिकता भिœयाउने जस यिनलाई छ । यसबाहेक नेपाली नाटकमा पनि आधुनिकतालाई प्रवेश गराउने श्रेय पनि उनैलाई छ । कवितामा जस्तै नाटकका विषयवस्तु रोज्दा पनि कविकै भावनाले रोजेको; त्यसमा कथानक निर्वाह गरेको र पात्रहरूलाई उपस्थित गराइएकाले उनका नाटकहरू पनि पाठकले रुचाएका समीक्षकहरूले बताएका छन् । कवितामा रिमालले ह्विट्सम्यानको शैली अपनाएका थिए । नाटकमा चाहिँ इब्सनको शैलीबाट प्रभावित थिए उनी । दुई वटा पूर्णाङ्की र दुई वटा एकाङ्कीसहित चार वटा उनका नाटकमध्ये ‘मसान’ बढी चर्चित रह्यो । ‘मसान’ लेखन पृष्ठभूमिबारे बालकृष्ण समले यस्तो लेखेका छन; “रिमाल व्यक्तिगत रूपमा ज्यादै जोसिला र अभिमानी थिए । उनलाई कसैले जितेको कुरा सह्य हुँदैनथ्यो । मलाई भने– तपाईं सँधै हामीमाथि बस्नुहुन्छ, के तपाईंको सेक्सपियरपनामा तपाईंंलाई जित्ने केही उपाय छ ? मैले भनेँ; छ, जर्ज बर्नाड साले हेनरक इब्सेनलाई सेक्सपियरभन्दा माथि पु¥याएका छन्; तपाईं पनि इब्सेनको यो नाटक ‘डल्स हाउस’ पढ्नोस् भनेर त्यो पुस्तक मैले दिएँ । रिमालले ‘मसान’ लेखे ।” (सम ३२ ः ४४) ‘मसान’ लाई गोविन्दबहादुर मल्ल गोठालेले ‘नेपाली भाषामा यथार्थवादी नाटकको सुरुवात भने पनि हुने’ बताएका छन् ।
यति हुँदाहुँदै पनि रिमालभित्रको नाटकीय प्रतिभाभन्दा उनीभित्रको कवितात्मक प्रतिभाले नै चुलिएर प्र्रस्फुटित हुने बढी अवसर पायो । तत्कालीन निरङ्कुश राणा शासनमा व्याप्त अन्याय, अत्याचार, अज्ञान, गरिबी, शोषण, दमनविरुद्ध आफ्ना कवितात्मक सिर्जनामार्फत् उनले गरेका जबर्जस्त प्रहारहरू समानता, स्वतन्त्रता, समावेशिता खोज्ने स्वाभिमानी, राष्ट्रप्रेमी, न्यायप्रेमी, सचेत नेपाली युवा पाठकहरूका लागि आज पनि उत्तिकै सान्दर्भिक लाग्छन् जति पहिले लाग्थे ।
हुने बिरुवाको चिल्लो पात भने झैँ गोपालप्रसाद रिमाल बाल्यकालदेखि नै प्रतिभासम्पन्न विद्यार्थी थिए । उनको प्रतिभालाई शताब्दी पुरुष सत्यमोहन जोशीले यसरी स्मरण गरेका छन्; “१९८९ सालतिर म सिक्स्थ क्लासको विद्यार्थी थिएँ । मैले रिमालज्यूलाई प्रथमबार दरबार हाई स्कुलमै भएको एक भव्य पुरस्कार वितरण समारोहमा सुवर्ण पदक र पुरस्कार विजयीका रूपमा देखेको थिएँ, चिनेको थिएँ । त्यसताक सम्माननीय श्री बालकृष्णज्यू पनि नवम र दशम श्रेणीका विद्यार्थीहरूलाई पढाउन निमित्त सइसलाई पछिपछि दौडाउँदै एउटा बुढो घोडामा दरबार हाई स्कुल धाउनुहुन्थ्यो । उहाँ बराबर विद्यार्थीहरूमा वादविवाद पनि गराउनुहुन्थ्यो । एउटा विवादमा उहाँले दिनुभएको विषय थियो– “परमेश्वर जो होला सर्वशक्तिमान आफूलाई पनि बनाऊ सर्वशक्तिमान्” । यो विवाद महिनौँ दिनसम्म चल्यो । आखिर त्यस वादविवादमा सबभन्दा बढ्ता बहस गर्ने, तर्क गर्ने र आफ्नो वैचारिक पक्षमा अड्ने चाहिँ उनै विजयी रिमालज्यू नै थिए । त्यसबेला हेडमास्टर र अन्य मास्टरहरू पनि रिमालज्यूलाई औँल्याएर अरू विद्यार्थीलाई पढ्न, लेख्न र सिक्नमा प्रोत्साहित गर्दथे (जोशी ः३२ः२३२) ।”
रिमालले १९९३ सालको म्याट्रिक परीक्षा (एसएलसी) को उत्तरकापीमा लेखेको सबै प्रश्नको जवाफ असाधारण राम्रो देखेर उनको लेखाइलाई ९० प्रतिशत मार्क दिएको कुरा शैलजा आचार्यका पिता डा. पिनाकीप्रसाद आचार्यले लेखेका छन्; “रोल नम्बर मलाई कण्ठ भएको हुनाले त्यस्तो राम्रो लेख्ने छात्र को रहेछ भनी बुझ्दा गोपालप्रसाद रिमाल हुनुहुँदो रहेछ भनेर जब थाहा पाएँ मेरो उहाँप्रति श्रद्धा र सम्मान अझ बढ्यो ।” (आचार्य ः ३२ः३०६) ।
गोपालप्रसाद रिमालको साहित्यिक पाटो जसरी प्रतिभासम्पन्न छ; उनको राजनीतिक देन पनि त्यसै गरी गर्व गर्नलायकको थियो । तर दुःखद कुरा चाहिँ के भइदियो भने आफ्नो सोच र मान्यता अनुरूप तत्कालीन राजनीति अघि बढ्न नसकेकाले त्यसबाट उनको मनस्थिति खलबलिन पुग्यो र उनी मानसिक रोगका सिकार बन्न पुगे । उपचारका व्रmममा उनलाई दुई दुईपल्ट राँची पु¥याउनुपर्ने अवस्थासमेत आइप¥यो । पहिलो पटक राँची जाँदा उनलाई भारतीय दूतावासले सहयोग गरेको थियो भने दोस्रो पटक उनी राजा महेन्द्रको आर्थिक सहयोगमा त्यहाँ पुगेका थिए ।
१९९७ साल साउनमा रिमाल रोजगारीको सिलसिलामा बर्दियामा अमिनीको लप्टन पदमा नियुक्त भई त्यतातिर गएका थिए । त्यसैताक काठमाडौँमा प्रजापरिषद्का नेताहरूले नागरिक आन्दोलन सुरु गर्दै पर्चा छर्न थाले । यसै घटनाको परिणति धर्मभक्त, दशरथ चन्द, शुव्रmराज शास्त्री, गङ्गालालहरू पव्रmाउ परेर बलिदान दिई अमरत्व प्राप्त गरे । कोमल अनि कवि हृदयका रिमालले यस घटनालाई सहन गर्न सकेनन् । उक्त घटनाबाट मर्माहत हुन पुगेका रिमाल ‘अमिनी लप्टन’ जस्तो त्यतिबेलाको गतिलो जागिरसमेत छोडेर केही समय लखनउ र पाण्डीचेरीतिर पुगी त्यतै सत्सङ्गमा रमाएर बसे ।
१९९७ सालको त्यही सहिद काण्ड नै रिमाललाई साहित्य र राजनीतिमा लाग्न प्रेरणा जगाउने मुख्य कारक भएर आइदियो । नेपाल फर्किएपछि उनी साहित्य सिर्जनामा रमाउँदै राणाविरुद्ध देशभित्रैबाट व्रmान्ति आवश्यक भएको महसुस गरी राजनीतिक गतिविधिहरूमा पनि संलग्न हुन थाले । केही समय उनले भाषानुवाद परिषद्मा पनि काम गरे । शङ्कर लामिछानेका अनुसार उनले ‘मसान’ उपन्यास त्यहीँ सिर्जना गरेका हुन् । उनले केही समय दार्जिलिङमा गएर पढाउने काम पनि गरेको खड्गमान मल्लले बताएका छन् । भारतको आसाममा भएको चुनावमा नेपाली पक्षमा राजनीतिक कार्य गर्दा त्यहाँ पनि केही समय उनी पव्रmाउ परेको शङ्कर लामिछानेले उल्लेख गरेका छन् ।
गोपालप्रसाद रिमालले केही समय ‘शारदा’ को सम्पादक भएर पनि काम गरेका थिए । त्यहाँ उनले लेखेका केही सम्पादकीयलाई तत्कालीन शिक्षा विभागका डाइरेक्टर मृगेन्द्र शमशेरले रुचाएनन् र उनलाई सम्पादकबाट हटाइदिए । त्यसपछि शोभा भगवती र पशुपति मन्दिरमा साँझ बिहान प्रार्थना गर्ने बहानामा मानिसहरू भेला गरी राणा शासनविरुद्ध आफ्ना विचारहरू पोख्दै युवाहरूमाझ व्रmान्तिकारी गीत गाउँदै हिँड्न थाले उनी । रिमालका गीतहरू यस्ता हुन्थे; ‘बखत भयो अब यही हो बेला नजर उघारी हेरिदेऊ’, ‘एक युगमा एक दिन एक चोटि आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ,’, ‘रातो र चन्द्र सूर्य जङ्गी निसान हाम्रो ज्युँदो रगत सरी यो बल्दो यो सान हाम्रो’ आदि । ‘रातो र चन्द्र सूर्य’ लाई नेपाली सेनाले २०६७ सालदेखि आफ्नो सङ्गठनको औपचारिक सैनिक गान बनाएको छ । २०६८ सालमा सेनाले यस गीतका रचनाकार गोपालप्रसाद रिमाललाई मरणोपरान्त मानार्थ महासेनानी र गायक–सङ्गीतकार अम्बर गुरुङलाई मानार्थ महासेनानी दज्र्यानीले सम्मान पनि गरेको थियो ।
राजनीतिक व्रिmयाकलापमा संलग्न हुँदा २००४ सालमा र २००७ सालमा दुई पटक जेल परेको रिमालले बताएका छन् । ‘नेपाल नेसनल लिग’ स्थापना गरी उनले राजनीतिक सकृयता बढाएका थिए । तत्कालीन अछूत ठानिएका जातिहरूसँग पानी चलाउने; नेवार–मधेशीलाई पनि सेनामा लिने; देशभित्र आवतजावत गर्न राहदानी नचाहिने व्यवस्था गर्ने; राष्ट्रिय झन्डाको प्रयोग गर्न पाउनुपर्नेलगायतका विभिन्न मागहरू उनको नेसनल लिगले राखेकोे थियो । लिगका यस्ता व्रिmयाकलाप मोहन शमशेरलाई सह्य भएन । त्यस्तो व्रिmयाकलापलाई आफूहरूका लागि ठाडै चुनौती ठानेर मोहन शमशेरले केही अन्यसहित रिमाललाई समेत प्रार्थना सभाबाटै पव्रmाउ गरेर एक वर्षका लागि थुनामा पठाइदिएकोे अरविन्द रिमालले उल्लेख गरेका छन् (अन्नपूर्ण फुर्सद, २०७४ वैशाख १४) । २००७ सालमा पछिल्लो पटक जेल पर्दा भने उनको मानसिक स्वास्थ्य निरन्तर बिग्रिँदै उनलाई विक्षिप्तताले गाँज्दै लैजान थाल्यो ।
श्यामप्रसादका अनुसार २००५ सालको विजया दशमीका दिन ‘नेपाल प्रजा पञ्चायत’ नामक राजनीतिक संस्था खोलेका थिए रिमालले । उक्त संस्थामा गोपालदास श्रेष्ठसहितका केही युवा पनि सामेल थिए । ‘नेपाल प्रजा पञ्चायत’ मार्फत् राजनीतिक व्रिmयाकलाप गर्न थालेपछि रिमालको मोहन शमशेरसँग मतभेद बढ्न थाल्यो अनि उनलाई कैदमा राखियो ।
रिमालकोे दिमाग कतिसम्म खलबलिएको थियो भने कुनै बेला यिनी ‘जोडा लेखक सङ्घ’, ‘जोडा सङ्घ’ जस्ता संस्था खोलेर खुकुरी भिरेर पनि हिँड्ने गर्थे । एउटा रातो डायरी भएको झोलासहित यिनले खुकुरी भिरेर हिँड्ने गरेको देख्ने कतिपय साक्षीहरू अहिले पनि जीवित नै छन् । ‘जोडा लेखक सङ्घ’ को पर्चा आफ्नो पत्रिकामा नछापिदिएको झोँकमा खुकुरी झिकेर ‘तँलाई अहिल्यै काट्छु !’ भन्दै आफ्नो कार्यालयमा आई रिमालले खुकुरी उज्याएको र उनलाई जसोतसो अन्य केहीको सहयोगमा शान्त गराउनुपरेको प्रसङ्ग गोपालदासले उल्लेख गरेका छन् (श्रेष्ठः३२ः३०१) । त्यस्तै एक पटक टङ्कप्रसाद आचार्य प्रधानमन्त्री हुँदा उनलाई पनि रिमालले कुन्नि के कुरामा चित्त नबुझेर हो ‘ए टङ्के निस्की, काट्छु !’ भने रे ! यो कुरा रिमालकी श्रीमती हरिकुमारी रिमालले एक अन्तर्वार्तामा बताएकी छन् । हरिकुमारी भन्छिन्; ‘उहाँ खुकुरी खुब मन पराउनुहुन्थ्यो । हरदम उहाँसँग खुकुरी हुन्थ्यो । पछि त्यो खुकुरी भिरेर हिँड्न थाल्नुभो । एक दिन खुकुरीबिना फर्कनुभयो र भन्नुभयो– आफ्नो कत्ति मन परेको खुकुरी टङ्केले (टङ्कप्रसाद आचार्य) लिइदियो । अब अर्को चाहियो भनी किनी छाड्नुभयो ।’ (हरिकुमारी ३२ः२२२)
सात सालको व्रmान्ति अधुरो जस्तो लागेर आफूले विक्षिप्त हुँदै खुकुरी भिरेर हिँडेको कुरा रिमालले खेम कोइराला बन्धुलाई दिएको अन्तर्वार्तामा बताएका छन् (ऐजनः२०३२ः२२१) । समाजको नजरमा रिमाल ‘बहुलाहा’ ठहरिए पनि त्यतिबेला उनले सुनाएका जागृत कविताका केही प्रसङ्गहरू यस्ता छन्–
शङ्कर लामिछाने लेख्छन्; “२००३ सालको साहित्य सम्मेलनमा उसको ‘एक जुगमा एक फेर’ ले ल्याएको भूकम्पको चर्चा भयो । त्यस कविताले आफ्नो युग निर्माण गरेको चर्चा भयो । कविता यस्तो थियो–
‘एक युगमा एक दिन एक चोटि आउँछ,
उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ
लाटा सुधा बोल्न थाल्छन्, चल्छ ओठ दुःखको ...’ (लामिछाने, ५८ः३२)
‘नेपाल साहित्य परिषद’ का तत्कालीन निरीक्षण मन्त्री जगदीशशमशेर राणाले उक्त सम्मेलनमा रिमालको प्रसङ्गलाई यसरी स्मरण गरेका छन्; “सबैमध्ये गोपालप्रसाद रिमालमा संयम र सन्तुलन अलि कम नै थियो । जोश त्यो बेला कसमा थिएन–आव्रmोश र असन्तुष्टिले नै हामी सबैलाई यो पहिलो कवि सम्मेलन र आजसम्म हुन नसकेको यो ‘दुनियादार’ को जमघट र मुख खोल्ने मौका र मञ्च खडा गर्ने प्रेरणा दिएको थियो । अरू के थियो र– तर गोपालप्रसाद रिमालको कविता, कविता पाठ गर्ने तरीका र उनको उज्जन्डपनले झन्डै कार्यव्रmमकै अकाल मृत्यु ल्यायो । उनले एक कविता ल्याए मलाई दिएर बम्केर पढ्न लागे । उनको आव्रmोशित भावनाको कदर मलाई पनि थियो । तर जुन तरिकाले उनले प्रस्तुत गर्न चाहे त्यसो गरे भोलिपल्टै कार्यव्रmममा रोक लाग्छ । कट्टरपन्थी भाइहरूले थर्काएपछि महाराज पद्म शमशेर थर्किन्छन् । गोपालप्रसादमाथि कडा कारवाही हुन्छ भन्ने बुझेर उनको कविता (जसको सुरुवात थियो) ‘जो मानिस हिजोसम्म रोइरोइँ बाँचिरहेका थिए, आज तिनै हाँसीहाँसी मर्न तयार छन्....’ लाई सुनेपछि मैले उहाँसँग अनुरोध गरेँ; “आजको यो तानाशाही एकतन्त्रको जमानामा राष्ट्रवादी उद्गार पनि व्रmान्तिको बिगुल हो ।क्रान्तिकारी कविता लेख्ने मन र शक्ति हामी धेरैमा छ । तर यो पहिलो ‘छिर्ने प्रयास’, भेट्ने मौका, सङ्गठित सम्मेलनलाई एउटा कविता पढेर उछिट्याउनु हुन्न” भनेँ । अनि मैले उनको कविताको शीर्षक बदलेर ‘विकासवाद’ राख्न मनाएँ । एसरी डार्बिनको बाँदरबाट मानिसको विकाससँग मिल्ने द्विअर्थक रूप दियौँ । अनि उफ्रीपाफ्री नगरेर सामान्य स्वरमा पाठ गर्ने अभ्यास पनि गराएँ । तर भोलिपल्ट तल हलमा मञ्च बनेपछि तेही कविता उनले सदनै थर्काएर पढेपछि फेरि सम्झाउन, समाल्न प-यो । उनले कुरा बुझेर माने पनि । तर कवि सम्मेलनमा कविता पढ्ने बेला उनले फेरि पाखुरा खिच्दै उफ्रीपाफ्री पढे । फलस्वरूप कमान्डर इनचिफका नजिककाले ‘योर हाइनेस हि स्पोक लाइक डालटन (फ्रान्सिसी क्रान्तिका क्रान्तिकारी) भनेर खैलाबेला मचाइदिए । अब भोलिपल्ट मैले अझ चर्को खालको कविता ः
“यहाँ मरेका बालक एस्ता ‘दुध दुध’मा मर्दछन् यहीँ
सरिफ एस्ता जो कुत्ता दुधले नुहाउँछन्”
आदि पढेपछि रिमाललाई सजाय गरे बबर शमशेरको नातिलाई छाडन् मिल्दैन भन्ने पार्नुप¥यो र खड्गो ट¥यो ।” (समकालीन साहित्य डट कम) ।
शङ्कर लामिछानेले ‘एक जुगमा एक दिन एक चोटि आउँछ,’ कविता रिमालले २००३ सालको साहित्य सम्मेलनमा सुनाएको उल्लेख गरे पनि उक्त सम्मेलन भने २००४ साल माघ १५ देखि १७ गतेसम्म काठमाडौँमा भएको थियो । उक्त सम्मेलनको सभापतित्व महाकवि देवकोटाबाट भएको थियो । फेरि जगदीश शमशेरले पनि लेखको एक ठाउँमा ‘४ सालमा ‘दोस्रो कविता सम्मेलन’ हुँदासम्म त उदारवादी पद्म शमशेर गइसकेका थिए । कट्रपन्थी मोहन शमशेरको हैकम चलेको थियो । त्यसैले कविता पढेबापत मलाई महाराजकहाँ सोझ्याउन लगे’ भनेबाट रिमालले चार सालमा नभई तीन सालको ‘साहित्य सम्मेलन’ मा पो कविता पढेका हुन् कि भन्ने ‘अनुमान’ हुन्छ । हृदयचन्द्रसिंह प्रधान सम्पादक भएको तत्कालीन ‘साहित्य स्रोत मासिक’ को ‘कवि सम्मेलन अङ्क’ मा कवि सम्मेलनमा सहभागी सम्पूर्ण कविको नाम र कविता प्रकाशित भए पनि त्यहाँ गोपालप्रसाद रिमालको नाम भने कतै पनि उल्लेख छैन ।
श्यामप्रसाद शर्माले २०१२ साल माघमा भएको सहिद सप्ताह कार्यव्रmमको एउटा सन्दर्भलाई यसरी सम्झेका छन्– “सरस्वती सदनमा साहित्य सम्मेलन गरिएको थियो । रिमालजी पनि कविता सुनाउन चाहनुहुन्थ्यो । उहाँले मलाई भन्नुभयो । मैले अयोजकछेउ गएर नाउँ टिपाउन राय दिएँ । उहाँले त्यसै गर्नुभयो । तर साराको पालो आयो; उहाँको पालो आउने लक्षण देखिएन । यत्तिकैमा रिमालज्यूले मसँग ‘मेरो पालो कहिले आउँछ ?’ भन्नुभयो । मैले यस पल्ट पनि आयोजकसँग नै सोध्ने सल्लाह दिएँ । उहाँले आयोजक महोदयसँग दुई तीन पल्ट सोध्नुभयो । तर प्रत्येक पल्ट ‘तपाईंको पालो एक छिनपछि आउँछ !’ भनी टार्न खोजियो । उनीहरूले रिमाललाई बौलाहा भनी मञ्चमा उक्लनै नदिने सुर कसेका रहेछन् भन्ने कुरा बल्ल मैले बुझेँ... मैले रिमालसँग सुटुक्क भनेँ– ‘दाजु उक्लनोस् मञ्चमा र सुनाउनोस् आफ्नो कविता । हेरौँ त तपाईंलाई कसले छेक्दो रहेछ !’ रिमालज्यू मण्डपमा उक्लनुभयो । त्यस सम्मेलनमा सुनाइएका कविताहरूमध्ये उहाँकै कविता सबभन्दा उम्दा थियो । ‘गुनासो’ शीर्षक उहाँको त्यो गद्य कविता रुचाएर सुन्नेहरूले दुई तीन पल्ट थपडी बजाएथे ।” श्यामप्रसाद अझ थप्छन्; “यस घटनाले रिमालज्यूको बहुलठ्ठीपन त सिद्ध गर्न सकिँदैन । तर यहाँनिर हाम्रो समाजकै हावा खुस्केको हो कि भनी शङ्का गर्ने ठाउँ भने अवश्य छ ।” (प्यारो दाजुको सम्झना, श्यामप्रसाद ः २०६२ः१५)
डिल्लीरमण रेग्मी र बिपी कोइरालाको काङ्ग्रेस पार्टीमा फुट आएको र देशभित्र हुने आन्दोलनमा देश बाहिरका शक्तिको समर्थन लिनुभन्दा देशभित्रैबाट त्यस्तो आन्दोलन थाल्नुपर्छ भन्ने रिमालको मान्यता थियो । त्यसैले जनताको राजनीतिक स्वतन्त्रताका लागि देशभित्रैबाट आन्दोलन थाल्ने भन्दै मोहन शमशेरलाई हाकाहाकी चेतावनी दिएपछि उनलाई कारावास चलान गरियो । रिमालकी श्रीमती हरिकुमारी रिमालका अनुसार जेलमा रहँदा मोहन शमशेरले खानामा मन्द विष मिलाएर दिएकाले त्यतिबेलादेखि नै उनको स्वास्थ्यस्थिति बिग्रिन थाल्यो । यो कुरा उनलाई जेलका पालेहरूले बताएको हरिकुमारीले बताएकी छिन् ।
यस्तै राजनीतिक खिचातानीबिच रिमाललाई केही समय कालिकास्थानतिर एकान्तवासमा कैदी बनाएर राखियो । त्यसपछि उनलाई नक्खु जेलमा सारियो । सात सालमा देशमा प्रजातन्त्र आएपछि अन्य राजबन्दीहरूसँगै रिमाल पनि जेलबाट छुटे ।
बिपी प्रधानमन्त्री हुँदा उनले रिमाललाई प्रज्ञा प्रतिष्ठानमा राख्न चाहेका थिए तर रिमाल राणाहरूका हितैषी र चाकरीदार भएका कारण उनलाई त्यसो गर्न बिपीका केही मित्रहरूले रोकेका भनेर केहीले भन्ने गरेका छन् । यस सम्बन्धमा स्वयं बिपीले भने आफ्नो आत्मवृत्तान्तमा यस्तो बताएका छन्; “त्रिपुरवर सिंहको नेतृत्वमा एउटा सानो प्रजा पञ्चायत बनेको थियो– नेपाल प्रजा पञ्चायत । मैले तिनलाई बोलाएँ । तिनी अध्यक्ष थिए । सेव्रmेटरी गोपालप्रसाद रिमाल थिए जो कवि पनि थिए र पछि पागल पनि भएका थिए । तिनी पनि आए । त्रिपुरवर सिंंहले नै लिएर आए । तिनलाई मैले बोलाएको थिइनँ र तिनलाई मैले चिनेको पनि थिइनँ । तीसँग कुराकानी भयो । र तिनी जानेबित्तिकै पूर्णबहादुरले भने; “अब यो घर छोड्नुस् । ती मान्छे त मृगेन्द्र शमशेरका हुन् ।” उनले मलाई भने; “त्रिपुश्वरमाथि मलाई विश्वास छ ।” यिनीमाथि मलाई विश्वास छैन । अब तपाईं सुरक्षित हुनुहुन्न । हाम्रा लागि होइन, तपाईंकै लागि अब तपाईंले अन्त सर्नुप-यो ।” त्यसो भनेका थिए उनले । विचरा रिमाल मरेर गए । तर मलाई उनले यो भनेका थिए । त्यस दिन दिनभरी मलाई राखे । मेरो लागि अर्को घर खोज्नुप¥यो । मैले त्रिपुरवरलाईभन्दा उनले मलाई भने; “होइन, मलाई उनीमाथि पूरा विश्वास छ ।” तर उनले भने; “यहाँ धेरै मानिस भन्छन्, उनीमाथि विश्वास छैन ।” (विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त २०५५ः८१)” रिमालले पनि २०२९ सालको अन्तर्वार्तामा आफूलाई एकेडेमीमा स्थान मिल्न नसकेको गुनासो गरेका छन् । गोर्खा परिषद्, नेपाली कांग्रेससँग रिमालको कुनै सम्बन्ध थाहा नपाइएको रिमालकी श्रीमती हरिकुमारी रिमालले बताएकी छन् (३२ः२२६) ।
गोपालप्रसाद रिमालको निधन २०३० कात्तिक ८ गते भयो । आफ्नो आयु जम्मा ५५ वर्ष बाँचेर गए पनि रिमालका सिर्जनाहरूले हामीलाई सपना देख्न, देखेको सपनालाई शक्तिमा बदल्न र कुनै पनि किसिमको निरङ्कुशताविरुद्ध डटेर सङ्घर्ष गर्न सधैँ प्र्रेरित गरिरहने छ ।
टङ्गाल, गहनापोखरी, काठमाडौँ