काठमाडौं, भदौ ६ गते । नेपाली कांग्रेसले धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस त्रिशूलीमा खस्दा आठ यात्रुको मृत्यु भएकोमा पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको जानकारी दिनुभयो ।
दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने केही यात्रु घाइते भएका छन् ।
कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी एवम् घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ ।