• २३ असार २०८१, आइतबार

वर्षाका कारण प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार कार्य जारी

blog

काठमाडौं, साउन २८ गते । अविरल वर्षाका कारण प्रभावित जिल्लाका विभिन्न क्षेत्रमा नेपाली सेनाको खोज तथा उद्धार कार्य जारी रहेको छ ।  

नेपाली सेनाले आइतबार धादिङको गजुरी गाउँपालिका १ कार्यालय भवन नजिक सडकमाथि पहिरो आउँदा बाटो अवरुद्ध भएको स्थानमा सम्बन्धित निकायको सहकार्यमा ढलेको रुख तथा पहिरो हटाइ बाटो खुलाउने कार्य गरेको छ । 

दाङको घोराही उपमहानगरपालिका ११ मा पत्रेखोलाले बगाएर बेपत्ता तिलकराम विकलाई खोज तथा उद्धारका लागि टोली परिचालन गरेको छ । 

यसैगरी बर्दियाको गुलरियामा भादा खोलाले बगाएको स्थानीय अक्षय थारु र दोलखा विगु गाउँपालिकामा पहिरोमा परेर बेपत्ता भएका निमा दोर्जे शेर्पा र दश वर्षे पासाङ शेर्पाको खोज तथा उद्धारका लागि सेनाको टोली परिचालन गरिएको सेनाले बताएको छ ।