• १४ मंसिर २०८१, शुक्रबार

गुल्मीको रेसुङ्गाबाट हप्तामा दुई उडान हुने

blog

गुल्मीको रेसुङ्गा विमानस्थलबाट उडान भर्ने तयारीमा नेपाल वायुसेवा निगमको जहाज । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, जेठ ३० गते । 
गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन उडान हुने भएको छ । विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले मात्रै हप्तामा एक दिन शुक्रबार उडान गर्दै आएको थियो ।

जिल्लाबाट नियमित हवाई सेवा सुरु हुँदा यात्रुको चाप बढेको छ । १८ सिटे क्षमताको जहाज भए पनि ६० देखि ७० जनाले टिकटकको माग गर्दै आएका थिए ।

रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले यसैलाई मध्य नजर गर्दै नेपाल एयरलाइन्सले बुधबार थप उडान भर्ने जानकारी दिनुभयो । अब रेसुङ्गा विमानस्थलबाट बुधवार र शुक्रबार गरी हप्तामा दुई दिन उडान हुनेछ ।

रेसुङ्गा विमानस्थलबाट काठमाडौंसम्मको शुल्क प्रतिव्यक्ति ६ हजार तीन सय रुपियाँ रहेको छ । त्यस्तै, काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार पाँच सय रुपियाँ शुल्क निर्धारण गरिएको छ । 

काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान साढे ६ बजे उडान भर्ने छ भने ७ बजेर ४५ मिनेटमा रेसुङ्गा विमानस्थलबाट काठमाडौं फर्किने समय तालिका रहेको छ ।