• १३ मंसिर २०८१, बिहिबार

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना : चालकको मृत्यु, तीन घाइते

blog

सांकेतिक तस्बिर

अर्जुन काफ्ले

स्याङ्जा, जेठ २४ गते। अर्जुन चौपारी गाउँपालिका–३ खोलेमा जिल्ला समन्वय समितिको पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

बुधबार साँझ सिरुवारिबाट खोले हुँदै रापाकोट जानेक्रममा बा १ झ ५८७८ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो। दुर्घटनामा चालक ३५ वर्षीय अमृत खनालको मृत्यु भएको हो।  चालकको घटनास्थलमै मृत्यु भएको अर्जुन चौपारी गाउँपालिका स्वास्थ्य प्रमुख ईश्वर केसीले जानकारी दिनुभयो। गाडी भिरमा अड्किएको छ। 

गाडीमा सवार जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत सुपरभाइजर टिकाराम पौडेल र अम्बिका पौडेल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। 

दुर्घटनाका घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।