• ६ वैशाख २०८१, बिहिबार

स्वदेशी फिल्म तथा वृत्तचित्र निर्माणलाई प्रवर्द्धन गरिने

blog

राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, जेठ ५ गते । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । शुक्रबार ४ बजेपछि सुरु सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा समाज रुपान्तरणका लागि संघर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्वन्धीत ऐतिहासिक फिल्म, वृत्तचित्र तथा स्वदेशी फिल्म निर्माणलाई प्रवर्द्धन गर्ने सरकारको नीति छ।

यस लगायत काभ्रेपलाञ्चोकको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियोको निर्माण कार्यलाई तीव्रता दिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारको नीति कार्यक्रममा प्रतिलिपि अधिकार ऐन, २०५९ लाई स्रष्टामैत्री हुनेगरी परिमार्जनसमेत गरिने उल्लेख गरिएको छ ।

यस्तै, नीति तथा कार्यक्रममा साहसिक पर्यटनका नयाँ विधाहरूको प्रवद्र्धन गर्नुका साथै चलचित्र पर्यटनको विकास र विस्तार गरिने, अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको लागि नेपालका प्रमुख आकर्षक स्थलहरूलाई प्रवद्र्धन गरिने, अन्तराष्ट्रिय स्तरमा चर्चित एवं लोकप्रिय व्यक्तित्वलाई आमन्त्रण गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गरिने, हाम्रोे सम्पदा राम्रो सम्पदा सञ्चालनमा ल्याइने, नयाँ पर्यटकिय गन्तव्यहरुको विस्तारमा जोड दिइने, सातै प्रदेशमा नयाँ पर्यटकिय गन्तव्यहरुको विकास र पहिचान गरिने कार्यक्रममा समेटिएको छ ।