योहानेस विल्हेम जेन्सेन– योेहानेस विल्हेम जेन्सेनको जन्म डेनमार्कको फोर्साेमा २० जनवरी १८७३ मा एउटा कृषक परिवारमा भएको हो । उनी सर्जक मात्र नभएर कुशल अनुवादक पनि थिए । हेमिङग्वे र ह्विटम्यानको कृतिलाई डेनिस भाषामा अनुवाद गरेका छन् उनले । उनको अद्भुत काव्यिक कल्पनाशीलता र नवीन शैलीका लागि सन् १९४४ को नोबेल पुरस्कार प्रदान गरियो । नोभेम्बर २५, १९५० मा कोपेनहेगनमा उनको निधन भयो । जेन्सेनको नाटक, कथा, उपन्यास, कविता एवं यात्रासाहित्य गरी लगभग ६० वटा कृति प्रकाशित छन् । न्यु टेल्स फ्रम हिमरल्यान्ड (१८९६), कोगेन्स फाल्ड, द लङ जर्नी (१९१९–२१), डेन्ज (१८९६) आदि उनका महìवपूर्ण कृतिहरू छन् ।
खेती किसानी गर्ने ती मान्छेको नाम थियो कोरा । अलिकति पैसा जम्मा भएपछि उनी दासको खोजीमा सहरतिर लागे ।
दासको थोक व्यापारीले उनलाई थरीथरीको दास देखाए पनि कोरालाई चित्त बुझेन ।
सबैलाई एक एक गरेर बाहिर लाइन लगाइदिन प¥यो मैले ? व्यापारी झोँक्कियो । मध्य दिउँसो, दासहरू सबै मस्त निद्रामा थिए ।
यहाँ मात्रै छ र ? अन्त पनि जान सक्छु म । कोराले सरल भाषामा जवाफ दिए ।
भैगो भैगो, पख्नुस्, यति भन्दै व्यापारीले सिक्री तानिदियो । दासहरू निद्राबाट बिउँझे आँखा मिच्दै । कोराले सबैलाई एक एक गरेर हेरे बडो सूक्ष्म तरिकाले ।
“ल, यसलाई हेर्नूस् त, निकै मोटोघाटो छ” यति भन्दै व्यापारीले दासमध्येको एक जनालाई अगाडि सारिदियो । कस्तो लाग्यो त तपाईंलाई यो दास ? छाती पनि पुष्ट छ, एकचोटि हानिहेर्नुस् त छातीमा, पाखुरा हेर्नुस् नसा हेर्नुस् त, भ्वाइलिनको तारजस्तो छ । ल, मुख खोलेर देखा त ।”
व्यापारीले दासको मुखमा औँला घुसा¥यो अनि उज्यालो भएतिर उसलाई फर्कायो । “अब तपाईं यसको दाँत हेर्नुस् ।” उसले फाइँफुट्टी लगायो उसले चक्कुको पछाडिको दासको दाँतमा छुवाउँदै भन्यो, “ल हेर्नुस् यी हातहरू स्टिलजस्ता देखिन्छन् । यति बलिया छन् कि फलामका कीलासमेत चपाउन सक्छन् ।”
कोरा अलिबेर सोचमग्न भए । उनको हातहरू दासको शरीरको जाँचपड्ताल गर्न सलबलाउन थाले । मांसपेशीहरू कत्तिको बलियो छ भनेर औँलाको टुप्पोले छाम्न थाले । अन्ततः उनी त्यही दास किन्ने मनस्थितिमा पगे । त्यसको मूल्य तिरे अनि हत्कडी लगाएर घरतिर लिएर हिँडे ।
अलि दिन बित्न नपाउँदै दास बिरामी प¥यो र क्रमशः दुब्लाउँदै गयोे । बजारतिर पनि देखा पर्न छाड्यो किनकि उसले स्थायी रूपमा बसोबास गर्न थालिसकेको थियो त्यहाँ । ऊ जङ्गलतिरै फर्किन लालयित थियो, जहाँबाट ऊ आएको थियो । यो रामै्र सङ्केत थियो । कोराले लक्षण थाहा पाइसकेका थिए । एक दिन उनी दासको छेउमा बसे । दास उत्तानो परेर पल्टेको थियो । जीवनप्रति उसको मोहभङ्ग भएको थियो । उनी दाससित बडो तार्किक गफ गर्न थाले । “तिमी आफ्नो जङ्गलतिर फर्किन पाउनेछौ । पीर नमान । म तिमीलाई वचन दिन्छु, विश्वास गर ममाथि । तिमी अझै काँचै छौ, तिमीलाई थाहा छ, पाँच वर्षसम्म मन लागाएर मेरो खेत जोत्यौ भने म तिमीलाई मुक्ति दिनेछु । मैले तिमीलाई खरिद गरेको किन नहोस् । पाँच वर्ष मात्रै हो मन्जुर छ तिमीलाई मेरो सर्त ?”
दास मरीमरी काममा खट्न थाल्यो । राक्षसै थियो ऊ काम गर्न भनेपछि । ढोकामा बसेर दासको शरीरको तन्काइ र मांसपेसीको गाँठो देख्दा उसलाई आनन्द लाग्न थाल्यो । अरू काम नभएपछि कोराले अरू गरून् पनि के ? घण्टौँसम्म हेरेर बसिरहन्थे । उनले के महसुस गर्न थाले भने दासको शरीर साँच्चिकै सुन्दर छ र आँखालाई आनन्द दिने खालको छ ।
पाँच वर्ष बित्यो । यस बीचमा औँलाकै सङ्ख्यामा थुप्रै वसन्तहरू आए र गए । हरेक दिन साँझ दास सूर्यास्तको दृश्य हेथ्र्याे । भुइँमा ढुङ्गाले कोरेर कति चोटि घाम झुल्क्यो र कति चोटि डुब्यो चिनो लगाएर रेकर्ड राख्न थाल्यो उसले । घाम झुल्किनासाथ ऊ दाहिने हातको बुढीऔँला भाँचेर गन्थ्यो । केही समयको अन्तरालपछि त्यो प्रक्रिया अनन्त देखियो । त्यति बेला उसले चोर औँलाको उपयोग गर्न थाल्यो । अरू औँलाको तुलनामा ऊ बुढीऔँला र चोरऔँलालाई बढी माया गथ्र्यो, जसले उसको दासत्वको मापन गर्न अझै सहयोग गर्दै थिए ।
यसरी दिन गन्ती गर्नु र समयको हिसाब राख्नु दासको दिनचर्या नै भएको थियो । उसको आन्तरिक र आध्यात्मिक सम्पत्ति न कसैले ऊबाट छिनेर लान सक्थ्यो न त विवाद नै गर्र्नै सक्थ्यो ।
जति जति समय बित्दै गयोे, उति उति उसका अनुमान वा विचारहरू गहिरो र फराकिलो हुँदै गयो, विस्तृत हुँदै गयो । असीमित परिधि माझ वर्षहरू यसरी बित्दै गए, जसलाई उसले आफ्नो पकडमा लिन सकेन तर हरेक दिनको सूर्यास्तपछि दासको अस्ताएको विश्वास बढ्दै गयोे र पुनः स्थापित हुँदै गयो । वर्तमान समय जुन क्षणभङ्गुर थियो, त्यो अन्त्यहीन देखाप¥यो । समय भूतमा परिणत हुँदै जाँदा भविष्यचाहिँ असीमित रूपमा ऊबाट टाढिँदै जान्थ्यो ।
यति ज्ञान प्राप्त गरिसक्दा दासको आत्मबल निकै बलियो हुँदै गयो । समय क्रममा उसको आकाङ्क्षाहरू चुलिँदै जाँदा उसको संसार पनि फैलिँदै गयो । साथै विचार पनि असीमित हुँदै गयोे ।
हरेक साँझ दास बडो सोचमग्न भएर टाढा पश्चिमतिर हेथ्र्यो अनि प्रत्येक सूर्यास्तसँगै उसको आत्माभित्र अरू गहिराइ थपिएको महसुस हुन्थ्यो ।
अन्ततः जब पाँच वर्ष बित्यो अब त आफ्नो कुरा राख्न दासलाई कुनै अप्ठ्यारो परेन । ऊ आफ्नो मालिककहाँ गयो अनि आफ्नो मुक्तिका लागि आग्रह ग¥यो । ऊ आफ्नो बासस्थान जङ्गलतिर जान चाहन्थ्यो ।
निकै विश्वासिलो र इमानदार सेवकका रूपमा काम ग¥यौ तिमीले, कोराले खुब सोचेर भने कहाँ हो तिम्रो घर ? भन मलाई । पश्चिमपट्टि हो ? म त ।
प्राय ः तिमी लाई त्यही दिशातिर एक टकले हेरि राखेको देख्छु ।”
हो, उसको घर पश्चिमपट्टि नै थियो ।
“त्यसो भए त निकै टाढा होला हगि तिम्रो घर ?” कोराले भने दासले स्वीकृतिसूचक टाउको हल्लायो, निकै टाढा छ ।
“अनि पैसा छ त तिमीसित ?”
दास मौन थियो साथै निराश र भयभीत पनि । हो त नि, ऊसित कहाँबाट होस् पैसा ।
“हेर बिनापैसा तिमी कहीँ जान सक्दैनौ । म कहाँ अरू थप तीन वर्ष काम ग¥यौ भने तिमीलाई घर जान पुग्दो पैसा दिउँला म । तीन वर्ष बस्न मन नलागे दुई वर्ष मात्रै बसे पनि हुन्छ नभए ।”
दासले टाउको निहु¥यायोे, पूर्ववत् काममा लाग्यो । काममा लागेपछि उसले पहिलाको जस्तो दिन गन्ती गर्न छाड्यो । बरु त्यसको साटो ऊ दिउँसै सपना देख्न थाल्यो ऊ निद्रामा रुने र बर्वराउने गर्न थाल्यो । कोराले सबै सुने । केही समयपछि ऊ फेरि बिरामी प¥यो ।
त्यसपछि कोराले दासको छेउमा बसेर गम्भीरतापूर्वक ऊसित लामो कुरा गरे । उनको बोलीमा निकै समझदारी झल्किन्थ्यो, ज्ञानगुनले भरीपूर्ण । यस्तो लाग्थ्यो मानौँ उनी अनुभवले खारिएका मान्छे हुन् ।
उनले भने, “म पाको मान्छे हुँ, जवानीमा म पनि पश्चिमतर्फ जान लालयित थिएँ । घना जङ्गलले मलाई इसारा नगरेको होइन । तर यात्राका लागि मसित कहिल्यै पुग्दो पैसा भएन । अब म कहिल्यै चाहेर पनि त्यता जान सक्दिनँ, सायद मरेपछि मेरो आत्मा त्यता गएछ भन्ने बेग्लै कुरा हो । तिमी ठिटै छौ, काम जति भने पनि गर्न सक्छौ । म आफू जवानीमा छँदाभन्दा तिमीलाई बढी नै बलियो देख्छु । यी सबै कुरामाथि विचार गर त । यो बूढोको सुझावलाई ध्यान दिएर सुन अनि तिमीलाई चाँडै निको हुन्छ, पीर मान्नु पर्दैन ।”
निको भएर काम समाते पनि उसमा पहिलाको जस्तो जोश जाँगर थिएन । कहिलेकाहीँ त काम गर्दागर्दै उसको हातगोडा लल्याकलुलुक हुन्थे । सारा इच्छा आकाङ्क्षा मरिसकेको थियो उसको । उसलाई काम गर्दा गर्दै प्याक्लाक्क पल्टिन मन लाग्थ्यो । हदै भएपछि एक दिन कोराले उसलाई कोर्रा लगाए । ऊ नराम्रोसित रोयो ।
यसैगरी दुई वर्ष वितेको पत्तै भएन । त्यसपछि बल्ल कोराले दासलाई साँच्चिकै मुक्ति दिए । ऊ पश्चिमतर्फ लाग्यो ः केही महिनापछि ऊ अत्यन्त दयनीय अवस्थामा दुखित भएर फक्र्योे । उसले आफ्नो जङ्गल कतै पनि फेला पार्न सकको थिएन ।
“देख्यौ नि अब त, मैले पहिल्यै भनेको थिएँ कि थिइनँ ? कोराले भने कसैले आरोप लगाउन पनि सक्छ कि मैले तिमीलाई राम्रो व्यवहार गरिब भनेर । फेरि कोसिस गरी हेर यो चोटि पूर्वतर्फ जाऊ । हुन सक्छ, तिम्रो जङ्गल त्यतै पो छ कि न ।”
एक चोटि फेरि दास आफ्नो गन्तव्यतिर अगाडि बढ्यो । यो चोटि ऊ घाम झुल्किने दिशातिर मोडियो । अन्ततः लामो समयसम्म भौँतारिएपछि आफ्नो जङ्गलमा आइपुग्यो तर उसले राम्रोसित चिन्न सकेन त्यो जङ्गललाई । थकाइले लखतरान भएर लगभग हार खाएपछि ऊ पश्चिमतर्फै फक्र्याे अनि आफ्नो मालिक कहाँ आयो अनि भन्यो, “सानाठूला जङ्गल त फेला पारेँ तर ती जङ्गल मेरा होइन रहेछन् ।”
हँ ? कोरा जोड्ले खोक्न थाले ।
“के भो त, मैसँग बस ।” त्यसपछि उनले बडो मीठो स्वरमा भने, “म जिउँदो छउन्जेल तिमीले यो धर्तीमा मेरो घर छैन भन्ठान्नु पर्दैन । म मरेपछि पनि मेरा छोराहरूले तिम्रो हेरचाह गर्नेछन्, पीर मान्नु पर्दैन ।” त्यसपछि दास त्यहीँ बस्न थाल्यो सदाका लागि । कोरा वृद्ध हुँदै गए तर दास मस्त जवानीमा हिँड्दै थियो । लामो समय बाँचोस् भनेर कोराले उसलाई मीठोमसिनो खान दिए । स्वास्थ्य राम्रो होस् भनेर सफासुन्दर राखे अनि भद्र र आज्ञाकारी बनोस् भनेर बेलाबेलामा कोर्रा पनि लगाए । न त उसलाई थकाइ मार्नै दिइन्थ्यो । हरेक आइतबार भने उसलाई डाँडामा गएर पश्चिमतर्फ हेर्ने छुट दिइएको थियो ।
कोराको खेतमा प्रशस्त अन्न उब्जनी भो । उनले जङ्गल किनेर फँडानी गर्न लगाए ताकि उनको दासलार्ई कामको खाँचो नहोस् । रुखहरू भटाभट ढालिए । कोरा आर्थिक रूपले सम्पन्न भइसकेका थिए । अनि एक दिन उनले एउटा महिला दास घरमा ल्याइदिए ।
वर्षहरू बित्दै जाँदा कोराको घरमा छ छ जना दास केटाहरू जन्मे हुर्के । बाबुजस्तै बडो मिहिनेती थिए उनीहरू पनि । बाबुचाहिँ छोराहरूलाई भन्ने गथ्र्याे काम गरे मात्रै समय बितेको पत्तो हुँदैन । समय बित्दै जाँदा अनन्त जङ्गलमा जोकोही पनि वाक्क दिक्क हुन्छ । प्रत्येक छुट्टिका दिनमा दास आफ्नो छोरालाई ढिस्कोमा लिएर जान्थ्यो । जहाँबाट उनीहरू अताउँदो सूर्य हेर्थे अनि ऊ छोरालाई कसरी तृष्णा पाल्ने प्रतीक्षा कसरी गर्ने भनेर सिकाउँथ्यो ।
कोरा बूढो जराजीर्ण हुँदै गए । हुन त उनी सधैँ बुढैजस्ता देखिन्थे तर यतिखेर उनीसित आफ्नो बुढ्यौलीबाहेक अरू केही थिएन भन्दा हुन्छ । उनका छोराहरू कहिल्यै हट्टाकट्टा भएनन् यद्यपि आत्तिइहाल्नुपर्ने स्थिति भने थिएन किनभने ती दास केटाहरू एकै मुड्कीमा जोकोहीलाई पनि ढालिहाल्ने क्षमता राख्थे । केटाहरू गज्जबका थिए । मांसपेशी त्यत्तिकै कसिलो, दाँतहरू बाघको जस्तै बलिया । समय अति अनुकूल थियो । दासहरू बन्चरो उध्याएर रुख ढाल्थे ।
अनुवादक : बद्रीप्रसाद घिमिरे