शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रजनी योगी
सुर्खेत, मङ्सिर ८ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –९ मा रहेको काँक्रेविहार जंगलमा युवायुवती मृत भेटिएका छन् । मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका –७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका वडा –१० खजुराकी १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान सवा ११ बजे जंगलमा घाँस काट्न गएका स्थानीयले दुवै जनालाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार किशोरीको सनाखत उहाँका काका राजु चौधरीले र किशोरको सनाखत उहाँका फुपू गीता खत्रीले गर्नुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।