शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ताप्लेजुङ, मङ्सिर ९ गते । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-३, लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए । सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको बताइएको छ । रासस