• १६ चैत २०८०, शुक्रबार

फोटो पत्रकार वन्तलाई बाबुछिरी पुरस्कार

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट बाबुुछिरी शेर्पा फोटो पत्रकार पुरस्कार ग्रहण गर्नुहुँदै प्रदीपराज वन्त ।

काठमाडौं,चैत १८ गते। फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी शेर्पा फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ। 

रिपोर्टस् क्लब नेपालको २५ औँ वार्षिकोत्सवको सन्दर्भमा सगरमाथा आरोही शेर्पाको सम्झनामा स्थापना भएको पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वन्तलाई प्रदान गर्नुभएको हो। 

पुरस्कारको राशि २५ हजार रहेको छ। उक्त कार्यक्रममा विभिन्न समाचार गृहमा काम गर्ने उत्कृष्ट पत्रकारलाई सम्मान गरिएको थियो। 

वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ। जनदिशा दैनिकबाट २०६४ सालमा फोटो पत्रकारिता गर्नुभएको हो। उहाँ अहिले राष्ट्रिय समाचार समितिको वरिष्ठ फोटो पत्रकार हुनुहुन्छ।

देशभरका फोटो पत्रकारको साझा संस्था राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपालका अध्यक्ष वन्त प्रधानमन्त्री प्रचण्डको स्वकीय फोटोग्राफरको जिम्मेवारीमा समेत हुनुहुन्छ।