शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, चैत १५ गते। प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो।
आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/२०७९) पेस गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही चैत १९ गते अपराह्न १ बजे बस्नेछ।