• १६ चैत २०८०, शुक्रबार

कोही किन आत्महत्या गर्छ

blog

आत्महत्या गर्ने मानिस वास्तवमा मर्न चाहँदैन, उसले आफ्नो पीडाको अन्त्य गर्न मात्र खोजेको हुन्छ । उसले जेजति कारणले होस् आफ्नो जीवनमा निराशाबाहेक अरू केही देख्न छाड्छ, अनि समाधानको मार्ग मृत्यु मात्र देख्छ । यो मार्गमा अग्रसर हुन व्यक्तिले आत्महत्याका अनेक उपायमध्ये कुनैलाई अपनाउँछ । मनोविज्ञानले भन्छ– स्वेच्छाले स्वयंको ज्यान लिने कामलाई आत्महत्या भनिन्छ । यसमा जिम्मेवार अनेक कारण र विधि हुन्छन् । तर आत्महत्याका अधिकांश मामिलामा मनोदशाको मुख्य भूमिका देखिएकै छ । 

अहिले विश्वमा आत्महत्याको दर बढ्दै गएको देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेका विभिन्न अध्ययन प्रतिवेदनअनुुसार विश्वमा प्रत्येक तीन सेकेन्डमा आत्महत्याको प्रयास तथा प्रत्येक ४० सेकेन्डमा एक जनाले, एक दिनमा तीन हजार जनाले र एक वर्षमा करिब सात लाख मानिसले आत्महत्या गर्दछन् । आत्महत्याको मामिलामा विश्वमा सातौँ तथा दक्षिण एसियामा श्रीलङ्कापछि दोस्रो स्थानमा नेपाल पर्दछ । विश्वमा प्रत्येक एक लाख जनसङ्ख्यामा ११ जनाले आत्महत्या गर्छन् तर नेपालमा यो दर प्रतिएक लाखमा २४ जना रहेको छ । 

हाल नेपालमा आत्महत्याको दर २३.४ प्रति लाख छ । सरकारले भने सन् २०३० मा प्रति लाख ४.७ पु¥याउने लक्ष्य लिएको छ । नेपालमा एक दिनमा करिब १९ जनाले र प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गरिरहेको स्थिति रहेको छ । नेपालमा प्रति वर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुनेगर्छ । १० वर्ष यताको अवधिमा नेपालमा ५३ हजार २९८ जनाले आत्महत्या गरेको देखिन्छ । 

व्यक्तित्व विशेषता र आत्महत्याको जोखिम

संसारका हरेक मानिस आफ्नो जीवनको कुनै न कुनै समयमा कुनै स्तरको डिप्रेसन वा अवसादबाट ग्रस्त हुन्छ । सामाजिक, आर्थिक वा पारिवारिक समस्याले पीडित मानिस हुँदैन पनि । तर सबैले आत्महत्याको बाटो रोज्दैनन्, किन ? यो प्रश्न महìवपूर्ण छ । मनोविज्ञान विज्ञले मानिसको व्यक्तित्व विकास कसरी भएको छ तथा उनको जीवनमा समस्या र त्यसबाट उब्जिएको डिप्रेसनको संयोजनमा आत्महत्याको प्रयास जिम्मेवार रहने मानेका छन् । 

तथापि हामी समग्रमा यसरी बुझ्न सक्छौँ– सिर्जना भएको तनावपूर्ण परिस्थितिको सामना गर्न व्यक्तिको असक्षमता र जीवनप्रति नकारात्मक व्यक्तिगत मनोवृत्तिले आत्महत्यामा उद्यत गराउँछ । 

व्यक्तित्व अर्थात् पर्सनालिटीले मानिसलाई अरूभन्दा फरक पहिचान दिन्छ । जसरी अनुहारको आफ्नै खाले ढाँचा हुन्छ हरेक मान्छेको व्यक्तित्व बेग्लै हुन्छ, विरलै मिल्छ अरूसँग । विचार, भावना, बानी र व्यवहारले व्यक्तित्व निर्देशित रहन्छ र यिनै पक्षले उसलाई समाजमा अरूभन्दा बेग्लै, विशिष्ट बनाएको हुन्छ । 

तपाईंले समाजमा अभिव्यक्त गर्ने विचार र व्यवहार तथा आत्ममूल्याङ्कनको पद्धतिले तपाईंको व्यक्तित्व परिभाषित गर्दछ । कसैको पनि व्यक्तित्व आपूmभन्दा अरूले बढी बुझ्छन् । तर समग्रमा सामान्य अवस्थामा पनि समाजलाई अहित हुने, अव्यावहारिक, आत्मकेन्द्रित तथा अनैतिक र सङ्कोची व्यवहार मान्छेले देखाउन थाल्यो भने पर्सनालिटी डिसअर्डर अर्थात् मानसिक समस्याले व्यक्तित्व निर्देशित भएको हुन सक्छ । 

रोग नभए पनि पर्सनालिटी डिसअर्डर एक गम्भीर समस्या हो । मान्छेको आफ्नै खाले विशेषता हुन्छ, जसमा उसको बानी, व्यवहार, निर्णय लिने तरिका, कुराकानी गर्ने शैली, हाँस्ने ठट्टा गर्ने, रिसाउने सबै कुरा निहित रहन्छ । कोही गम्भीर भएर बस्ने, एक्लै बस्न रुचाउने, अरूसँग चाँडै हेलमेल नगर्ने वा चाँडै घुलमिल हुने यी सब सामान्य स्वभाव हुन् । 

पर्सनालिटी डिसअर्डरका सामान्य लक्षण

à अस्थिर मनोवेग ।

à खराब सम्बन्ध ।

à एकाङ्की ।

à रिसाहा ।

à शङ्कालु र अविश्वासी । 

à घुलमिल हुन नसक्ने, साथीभाइ खासै नबनाउने । 

à तत्काल स्याबासी खोज्ने ।

à अधैर्य ।

à अल्कोहल तथा लागूऔषधको कुलत ।

जब कोही मनिसमा पर्सनालिटी डिसअर्डर हुन्छ उसलाई जीवनमा आएको परिवर्तन र आवश्यकता आत्मसात् गर्न कठिनाइ महसुस हुन्छ । साथै अरू मानिससँग सम्बन्ध कायम राख्न कठिन लाग्छ । 

यस खालको अनुभवले क्लेस उत्पन्न गर्ने र समाजबाट अलग रहन उत्प्रेरित गर्ने तथा डिप्रेसन र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको जोखिम बढाउने काम गर्दछ । यसरी समाजसँग मानिसको अन्तक्र्रिया निर्देशित गर्ने पर्सनालिटी अर्थात् व्यक्तित्वका विविध स्वरूपलाई मनोविज्ञानवेत्ताले समूहगत रूपमा निम्नअनुसार 

विश्लेषण गरेका छन् :

क्लस्टर ए पर्सनालिटी डिसअर्डर

यस वर्गका मानिसको व्यवहार असामान्य र सनकी जस्तो लाग्छ । लक्ष्योन्मुख हुने र हतारमा काम गर्ने । 

यस समूहलाई निम्नअनुसार उपसमूहमा विभाजन गर्न सकिन्छ :

पारानोइड पर्सनालिटी डिसअर्डर, स्किजोइड पर्सनालिटी डिसअर्डर र स्किजोटाइपल पर्सनालिटी डिसअर्डर ।

क्लस्टर बी पर्सनालिटी डिसअर्डर

यस वर्गका मानिसको व्यवहार भावनात्मक, नाटकीय र अस्थिर प्रकृतिको हुन्छ । 

यस समूहलाई निम्नअनुसार उप–समूहमा विभाजन गर्न सकिन्छ :

एन्टिसोसल पर्सनालिटी डिसअर्डर, बोर्डरलाइन पर्सनालिटी डिसअर्डर, हिस्ट्रिओनिक पर्सनालिटी डिसअर्डर र नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर ।

क्लस्टर सी पर्सनालिटी डिसअर्डर यस वर्गका मानिसको व्यवहारमा भय र चिन्ता बढी देखिन्छ । 

यस समूहलाई निम्नअनुसार उपसमूहमा विभाजन गर्न सकिन्छ :

अभ्वाइडेन्ट पर्सनालिटी डिसअर्डर, डिपेन्डेन्ट पर्सनालिटी डिसअर्डर र अब्सेसिभ–कम्पल्सिभ पर्सनालिटी डिसअर्डर । 

मानिसको विविध खालको पर्सनालिटीमा बोर्डरलाइन पर्सनालिटीका मानिसमा आत्महत्या गर्ने प्रवृत्ति बढी देखिएको छ । अनुसन्धानले पनि के देखाएको छ भने बोर्डरलाइन पर्सनालिटी डिसअर्डर भएका ७५ प्रतिशत मानिसले आफ्नो जीवनमा कम्तीमा एक पटक आत्महत्याको प्रयास गर्दछन् । तीमध्ये ३–१० प्रतिशत मानिसको आत्महत्या प्रयास सफल हुने गर्दछ । 

हालैका वर्षमा धेरै शोधकर्ताले आत्महत्या जोखिम र ‘बिग फाइभ पर्सनालिटी ट्रेट्स’ (द्यष्न ँष्खभ(ाबअतयच एभचकयलबष्तिथ त्चबष्तक) बीच सम्बन्धका बारेमा अनुसन्धान गरेका छन् । डवरस्टिनको टोलीले सन् २००० मा डिप्रेसन भएका ५० वर्ष वा माथिका ८१ बिरामीमाथि गरिएको अध्ययनका आधारमा उच्चस्तरको न्युरोटिकवाद (लभगचयतष्अष्कm० तथा अनुभवका लागि खुलापन ९इउभललभकक तय भहउभचष्भलअभ० दुवै आत्महत्याको विचार विकाससँग सम्बन्धित पाएका थिए । 

जोखिममा भएका मानिसको पहिचान 

विगतमा आत्महत्याको प्रयास गरेको तथा पारिवारिक इतिहास, सुसाइड नोट लेख्नु, बारम्बार आत्महत्याको कुरा गर्नु, हीनताबोध, अवसाद, निराशा र आत्मग्लानि, हालसालमा कुनै ठूलो घटना भएको, मानसिक बिरामी, दुव्र्यसनी वा एक्लोपनामा रहेका मानिस । 

आत्महत्याको रोकथाम वा व्यवस्थापन

मानिसलाई घरपरिवार र साथीबाट प्रोत्साहन, हौसला एवं मनोवैज्ञानिक, मनोचिकित्सक, मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताको उचित मनोविमर्श, मनोचिकित्सा एवं उपचारबाट समयमै आत्महत्याको मनोवृत्ति कम गर्न सकिन्छ । आत्महत्याको रोकथामका लागि हाल नेपालमा हटलाइन सञ्चालनमा छ । आत्महत्याको सोचाइ आएका जोकोहीले ११६६ मा सम्पर्क गरेर सेवा लिन सक्छन् । 

विश्व स्थास्थ्य सङ्गठनले आत्महत्या रोकथामका लागि जीवन जिउने पद्धति कार्यान्वयन गर्नका लागि मार्गदर्शन जारी गरेको छ । यस पद्धतिमा चारवटा रणनीति छन् ।

à पहिलो, खतरनाक कीटनाशक विष र बन्दुकजस्ता आत्महत्या गर्ने साधनमा पहुँच सीमित गर्ने । सबैभन्दा खतरनाक कीटनाशकमा प्रतिबन्ध लगाउनु उच्च प्रभावकारी कार्य हो । किनकि नेपालमा आत्महत्याको प्रयासमा अधिकतर कीटनाशक औषधिको प्रयोग देखिएको छ । 

à दोस्रो, आत्महत्यासम्बन्धी रिपोर्टिङमा मिडियालाई प्रशिक्षित गर्ने । मिडियाका प्रतिनिधिलाई यो मार्गदर्शनसँग अभ्यस्त हुन र आत्महत्यासम्बन्धी प्रत्येक रिपोर्ट प्रकाशन गर्दा यसको पालना गर्न सिकाउने । 

à तेस्रो, किशोरकिशोरीमा सामाजिक–संवेगात्मक जीवनोपयोगी सीप विकास गर्र्ने । किशोरावस्था सामाजिक–संवेगात्मक सीप हासिल गर्ने अत्यन्त महìवपूर्ण उमेर हो किनकि मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रायः १४ वर्षभन्दा पहिले नै देखिने गर्दछ । जीवन जिउने मार्गदर्शनले मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्ने र जिस्क्याउने सताउने (बुलिङ) विरुद्धका कार्यक्रमलाई प्रोत्साहन गर्दछ । यो सहयोगी सेवाहरूसँग जोडिन्छ र विद्यालय तथा विश्वविद्यालयमा काम गर्ने मानिसका लागि यसले आत्महत्याको जोखिम पहिचानका विषयमा स्पष्ट मापदण्ड उपलब्ध गराउँछ ।

àचौथो रणनीति भनेको आत्महत्याको प्रयास गरिएको छ वा आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिको प्रारम्भिक पहिचान, मूल्याङ्कन, व्यवस्थापन र अनुगमन हो । आत्महत्याको सोचाइ र व्यवहारबाट प्रभावित कुनै पनि व्यक्तिको प्रारम्भिक पहिचान, मूल्याङ्कन, व्यवस्थापन र अनुगमन जीवनरक्षाका लागि 

महìवपूर्ण छ ।