• १३ असोज २०८१, आइतबार

सृष्टिको नैरन्तर्य

blog

काव्यात्मक अनुराग विचरण गर्छ;

नील नभमा फन्फनी

चक्कर मार्छ बेतोड भाव–गतिमा

कल्पनाशील – चिन्तन सम्हाली

पानी झैँ बहावको गतिमा !


आखिर अनुरागको नि

लक्ष्य त हुन्छ नै,

लक्ष्य विहीन फन्फनिनु त 

मदहोस – बेहोसीपन न हो 

भुमरीको प्रतीकात्मक विचलन

गत्यात्मकताकै विचलन !


काव्यात्मक अनुरागको विचलन

सोचिन्न – साँचिइ भाव गाम्भिर्य पहिल्याइन्छ

अनुरागको राग पहेलिन्छ ।

अनुरागै त राग बन्छ;

राग गाउँदा गाउँदै गर्भ धारण हुन्छ

अनुरागको संयोग – सम्भोगबाट उद्भव हामी

सृष्टिकै नैरन्तर्य – प्रकृतिकै स्वरूप यो ।