• ७ वैशाख २०८१, शुक्रबार

बाबुछोरीको भावुक सम्बन्धको कथा चलचित्र मिली

blog

काठमाडौँ, कात्तिक २४ गते । तपाईंलाई थ्रिलरहरू मन पर्छ भने चलचित्र ‘मिली’ उपयुक्त हुन सक्छ। यस चलचित्रमा बाबुछोरीको सुन्दर भावुक सम्बन्धलाई दर्शाइएको छ।  

मथुकुट्टी जेभियरले निर्देशन गर्नुभएको चलचित्रमा नायिका जान्हवी कपुर ‘मिली’को बलियो भूमिकामा देखिनुभएको छ। चलचित्र सत्य घटनामा आधारित छ।

यस चलचित्रको कथा नर्सिङ पढ्ने विद्यार्थी मिली नोदियालको वरिपरि घुम्छ; जो एउटा चिसोभित्र फस्नुभएको हुन्छ तर उहाँको अवस्था कसैलाई थाहा हुँदैन। जीवित रहनका लागि उहाँले गर्नुभएको हतास प्रयासले चलचित्र हेर्दा छक्क पार्न सक्छ। चलचित्रमा यस्ता धेरै कुरा छन्। चलचित्र थ्रिलरमा आधारित भए पनि यसभित्रको कथाले एउटा भ्रष्ट प्रहरीसँगै बाबु र छोरीको सुन्दर सम्बन्धलाई पनि छुन्छ। 

मिली एक नर्स हुनुहुन्छ; जो आफ्नो आर्थिक अवस्था सुधार्न र अध्ययनका लागि क्यानडा जान इच्छुक हुनुहुन्छ। उहाँका बुवा श्री नोदियाल (मनोज पाहवा) मिलीलाई धेरै माया गर्नुहुन्छ। क्यानडा पुगेपछि मिलीको अवस्था असामान्य बन्दै गएका कारण उहाँले काम मात्रै गर्नुपर्ने हुन्छ। जब सबै कुरा ठीक हुन्छ, त्यसपछि प्रेमी समीर (सनी कौशल) मिलीको जीवनमा प्रवेश गर्नुहुन्छ। दुवैको प्रेम चलिरहँदा एक दिन मिली अचानक गायब हुनुहुन्छ। कस्तो अप्रिय घटना  हुन्छ भने मिली आफ्नो कार्यस्थलमा फ्रिजरमा अड्किनुहुन्छ। उहाँका बुवा र प्रियजनहरूले बेपत्ता भएको सोचेर खोजी सुरु गर्नुहुन्छ।

चलचित्रमा मिलीको भूमिकामा देखिनुभएकी जान्हवी कपुरले आफ्नो अभिनयलाई पूर्णताका साथ न्याय गर्नुभएको छ। जान्हवीको भूमिका बेजोड छ। सन्नी कौशलले तपाईंलाई पक्कै छक्क पार्नुहुनेछ। उहाँको प्रदर्शन प्रशंसालायक छ। मनोज पाहवाको भावनात्मक चरित्र चलचित्रको मुख्य धारा हो। उहाँको अभिनयले तपाईंको मन अवश्य नै जित्नेछ। कलाकारहरू सञ्जय सुरी, विक्रम कोचर, राजेश, हसलिन कौर र राघव बिनानीको अभिनय पनि तारिफयोग्य छ। चलचित्रको निर्देशन उत्कृष्ट छ। चलचित्रको कथालाई यथार्थपरक रूपमा प्रस्तुत गरिएको छ। 

निर्देशक जेभियरको निर्देशकीय पक्षलाई अवश्य नै दर्शकले रुचाउनुहुनेछ। चलचित्रले बाबुछोरीको सुन्दर सम्बन्धलाई छोएको छ; जसलाई निकै भावुकताका साथ देखाइएको छ। बाबु र छोरीबीचको मायासँगै उनीहरूको हल्का रमाइलोपनले दर्शकलाई भावुक बनाउँछ। चलचित्रको सङ्गीत यसको सबैभन्दा ठूलो विशेषता हो। एआर रहमान र जावेद अख्तरको जोडीले चलचित्रको सङ्गीतमा ठूलो फड्को मारेको छ। चलचित्र (मिली) निर्देशक जेभियरकै मलयालम चलचित्र ‘हेलेन’को हिन्दी रिमेक हो। जी स्टुडियो र बोनी कपुरले चलचित्र निर्माण गर्नुभएको हो।