• ७ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा पोखरा रङ्गशालामा

blog

नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा । तस्बिर : प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारको फेसबुकबाट

कास्की, कात्तिक ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार पोखरा आइपुग्नुभएको छ । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उहाँ पोखरा आउनुभएको हो ।

यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्नुभएको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गर्नुभएको थियो । रासस