• ६ कात्तिक २०८१, मङ्गलबार

तीन वर्षदेखि भन्सार कार्यालय बन्द

blog

हुम्ला समाचारदाता

हुम्ला, असोज ९ गते । हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालय तीन वर्षदेखि बन्द छ । २०७६ कात्तिक महिनापछि हिल्सा नाका बन्द भएपछि यहाँ रहेको भन्सार कार्यालय पनि बन्द भएको हो । हिल्साका होटल व्यवसायी कर्मा लामाले तीन वर्षयता यारी भन्सार कार्यालयको ताला नखुलेको बताउनुभयो । हाल कार्यालयभित्र सामानको अवस्थाबारे पनि केही भन्न नसकिने अवस्था रहेको उहाँले बताउनुभयो ।

नाका बन्द भए पनि हिल्सामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र नेपाल प्रहरीको सीमा सुरक्षा चौकीमा सुरक्षाकर्मी बसिरहेका छन् । तर भन्सार र अध्यागमन कार्यालयका कर्मचारी भने छैनन् । अध्यागमनका लागि खटिएका कर्मचारी पनि सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा काम गर्दै आएका छन् ।