• ६ वैशाख २०८१, बिहिबार

ताप्लेजुङमा दुई मतदान स्थल थप

blog

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा दुईवटा मतदान स्थल थप भएको छ । जिल्लामा थप भएको दुईसमेत अब आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ७५ वटा मतदान स्थल कायम भएको छ । 

जिल्ला निर्वाचन कार्यालयतका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको शिव आधारभूत बिद्यालय र मिक्वाखोला गाउँपालिका–५ पापुङको सिम्बुक आधारभूत विद्यालयमा मतदानस्थल थप भएको छ । यस्तै ताप्लेजुङमा मतदान केन्द्र पनि एकसय २३ वटा कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिनुभयो । 

मतदाता ८८ हजार २८५ कायम

यसैबीच आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको मतदाता सङ्ख्या ८८ हजार २८५ कायम भएको छ । गत स्थानीय तहको निर्वाचनमा यहाँको मतदाता सङ्ख्या ८९ हजार ६८० रहेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलालका अनुसार आगामी निर्वाचनका लागि ४७ हजार ८० पुरुष र ४१ हजार २०५ जना महिला मतदाता कायम भएका छन् । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।